Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

निषेधाज्ञा र कर्फ्यूबीच पनि बिरामी सेवामा निरन्तर खटिएका नर्सहरू

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८२
in समाचार
0
निषेधाज्ञा र कर्फ्यूबीच पनि बिरामी सेवामा निरन्तर खटिएका नर्सहरू
78
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनपछि लगाइएको निषेधाज्ञा र कर्फ्यूका बीच पनि विराट मेडिकल कलेज टिचिङ अस्पतालका स्वास्थ्यकर्मीले बिरामीको उपचारमा कुनै अवरोध हुन नदिन निरन्तर सेवा दिइरहेका छन्।

तर नर्सहरूले अस्पताल आउजाउ गर्दा भने समस्याको सामना गर्नुपरेको छ। परिचयपत्र र पोशाक देखाउँदा समेत बाटोमा सुरक्षाकर्मीले रोकेको गुनासो उनीहरूको छ।

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित अस्पतालमा धरान, इटहरी, सुन्दरहरैंचा, विराटनगर, झोराहाट र बर्जु लगायत स्थानबाट आउने नर्सहरूलाई आवतजावतमा कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको आईसीयू लेभल–३ की नर्सिङ इन्चार्ज माधुरी राईले भनिन्, “हिजो मात्रै एक स्वास्थ्यकर्मीलाई अस्पतालको पोशाक र परिचयपत्र देखाउँदा समेत बाटोबाट फर्काइयो।”

यस्तै, नर्सिङ स्टाफ रिया खड्काले तरहराबाट काममा आउन दैनिक समस्या भोग्नुपरेको बताउँदै भनिन्, “हरेक दिन यातायातमा आउनुपर्ने अवस्था थियो । अहिले अप्ठ्यारो भएको छ ।”

विराट मेडिकलमा कार्यरत ५२० नर्समध्ये धेरैजना टाढाबाट आउने गर्छन्। नर्सिङ सुपरिन्टेन्डेन्ट आयुष्मा शाक्यका अनुसार बिरामीको चाप बढिरहेको छ भने उपलब्ध नर्सको संख्या कम भएकाले व्यवस्थापनमा कठिनाइ भए पनि सेवामा निरन्तर खटिएको छ।

“एक जना पनि स्वास्थ्यकर्मी कम भएमा बिरामीको सेवामा असर पर्छ,” राईले भनिन्। उनले अस्पतालले टाढाबाट आउने कर्मचारी र स्वास्थ्यकर्मीका लागि बस सुविधा उपलब्ध गराएको र यसले केही सहजता ल्याएको पनि प्रष्ट पारिन्।

उनले थपिन्, “मनमा डर भए पनि आफ्नो काम र कर्तव्य निभाउन पाउँदा खुशी लाग्छ। हामी जस्तोसुकै परिस्थितिका लागि पनि सधैं तयारी अवस्थामा हुन्छौं।” उनले कोरोना महामारीमा स्वास्थ्यकर्मीले देखाएको प्रतिबद्धताको उदाहरण दिँदै अहिले पनि बिरामी सेवामा समान उत्साह देखिएको बताइन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको भन्दै लगाइएको निषेधाज्ञा र कर्फ्यू आदेश रद्द गरेको जनाएको छ।

Tags: #स्वास्थ्यविराट टिचिङविराट मेडिकल कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.