Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

निषेधाज्ञा र कर्फ्यूबीच पनि बिरामी सेवामा निरन्तर खटिएका नर्सहरू

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८२
in समाचार
0
निषेधाज्ञा र कर्फ्यूबीच पनि बिरामी सेवामा निरन्तर खटिएका नर्सहरू
75
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनपछि लगाइएको निषेधाज्ञा र कर्फ्यूका बीच पनि विराट मेडिकल कलेज टिचिङ अस्पतालका स्वास्थ्यकर्मीले बिरामीको उपचारमा कुनै अवरोध हुन नदिन निरन्तर सेवा दिइरहेका छन्।

तर नर्सहरूले अस्पताल आउजाउ गर्दा भने समस्याको सामना गर्नुपरेको छ। परिचयपत्र र पोशाक देखाउँदा समेत बाटोमा सुरक्षाकर्मीले रोकेको गुनासो उनीहरूको छ।

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित अस्पतालमा धरान, इटहरी, सुन्दरहरैंचा, विराटनगर, झोराहाट र बर्जु लगायत स्थानबाट आउने नर्सहरूलाई आवतजावतमा कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको आईसीयू लेभल–३ की नर्सिङ इन्चार्ज माधुरी राईले भनिन्, “हिजो मात्रै एक स्वास्थ्यकर्मीलाई अस्पतालको पोशाक र परिचयपत्र देखाउँदा समेत बाटोबाट फर्काइयो।”

यस्तै, नर्सिङ स्टाफ रिया खड्काले तरहराबाट काममा आउन दैनिक समस्या भोग्नुपरेको बताउँदै भनिन्, “हरेक दिन यातायातमा आउनुपर्ने अवस्था थियो । अहिले अप्ठ्यारो भएको छ ।”

विराट मेडिकलमा कार्यरत ५२० नर्समध्ये धेरैजना टाढाबाट आउने गर्छन्। नर्सिङ सुपरिन्टेन्डेन्ट आयुष्मा शाक्यका अनुसार बिरामीको चाप बढिरहेको छ भने उपलब्ध नर्सको संख्या कम भएकाले व्यवस्थापनमा कठिनाइ भए पनि सेवामा निरन्तर खटिएको छ।

“एक जना पनि स्वास्थ्यकर्मी कम भएमा बिरामीको सेवामा असर पर्छ,” राईले भनिन्। उनले अस्पतालले टाढाबाट आउने कर्मचारी र स्वास्थ्यकर्मीका लागि बस सुविधा उपलब्ध गराएको र यसले केही सहजता ल्याएको पनि प्रष्ट पारिन्।

उनले थपिन्, “मनमा डर भए पनि आफ्नो काम र कर्तव्य निभाउन पाउँदा खुशी लाग्छ। हामी जस्तोसुकै परिस्थितिका लागि पनि सधैं तयारी अवस्थामा हुन्छौं।” उनले कोरोना महामारीमा स्वास्थ्यकर्मीले देखाएको प्रतिबद्धताको उदाहरण दिँदै अहिले पनि बिरामी सेवामा समान उत्साह देखिएको बताइन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको भन्दै लगाइएको निषेधाज्ञा र कर्फ्यू आदेश रद्द गरेको जनाएको छ।

Tags: #स्वास्थ्यविराट टिचिङविराट मेडिकल कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन
विविध

भारतको नयाँ नियमले रोकियो नेपाली चिया, ६० हजार श्रमिक प्रभावित

by रासस
असार ३, २०८३
0

झापा : नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

इटहरी : अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला...

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतको नयाँ नियमले रोकियो नेपाली चिया, ६० हजार श्रमिक प्रभावित

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

असार ३, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.