Friday, November 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

फेरि एक्लै

हेमन यात्री by हेमन यात्री
अशोज ४, २०८२
in कला साहित्य
0
हाम्रा हिमाल, हाम्रो गौरव
123
SHARES
Share on FacebookShare on Twitter

घरको भित्तामा झुण्डिएको फ्रेममा
बैँशका श्यामश्वेत तस्बिरहरू मुस्कुराइरहेकै हुनेछन्
बुइगलमा बसेर घुरिरहेकै हुनेछन् परेवाहरू
आँगनछेवैको बाँसघारिमा कलकलेको एउटा सङ्गठन
कलकल गरिरहेकै हुनेछ
तर हुने छैन त्यहाँ
सिर्फ एउटा मानिस ।

सधैको जस्तै पश्चिमतिर जानेछ घाम
फर्किनेछन् जङ्गल गएका गाइबस्तुहरू
फर्किनेछन् हँसिया, कोदालो लिएर
बारीमा गएका पर्मेलीहरू
फर्किनेछन् स्कुल वा कलेज गएका नाति नतिनाहरू
तर फर्किने छैन त्यहाँ
सिर्फ एउटा मानिस ।

सधैँ–सधै मौन बस्ने आकाश पनि
सुन्न सकिन्छ झरी परेका बेला
खोँज र पाखाहरूमाझ सुन्न सकिन्छ बरु खोला
रुखका पातहरूमाझ सुन्न सकिन्छ बरु बतास
सन्नाटाहरूमाझ सुन्न सकिन्छ बरु अँधेरी रात
तर सुनिने छैन त्यहाँ
सिर्फ एउटा मानिसको आवाज ।

त्यसरीनै
बुइगलमा बसेर घुरीरहेकै हुनेछन् परेवाहरू
बाँसघारीमा हल्ला गरिरहेकै हुनेछन् कलकलेहरू
ठिक त्यसैबेला
नातिनीको वैवाहिक उत्सव चलिरहेकै हुनेछ घरमा
लठ्ठी टेक्तै पुग्नेछौ तिमी आँगनको जग्गेमा
आर्शीवाद दिनेछौ चिरआयुको
र हठात सम्झनेछौ
आफै सङ्ग छुटिगएको
सिर्फ एउटा प्रिय मानिस ।

बिस्तारै फिर्नेछौ घरभित्र
उक्लनेछौ घरको तालामाथि
खोल्नेछौ ध्वासो लागेको टिनको बाकस
निकाल्नेछौ पुरानो डायरीमा च्यापेर राखेका प्रेमपत्रहरू
हेर्नेछौ बिहेकै साल खिचेका युगल तस्बिर
र बिस्तारै छाम्नेछौ
छातीको देब्रे पाटामा दुःखेको
सिर्फ एउटा मानिसको सम्झना ।

पश्चिमतिर गइरहेकै हुनेछ घाम
घरबाट बिदा मागिरहेको हुनेछ नातिनी
ठिक त्यसैबेला
बुढेसकालको धमीला आँखाहरू
फ्याल्नेछौ– झ्यालबाहिर
तलतल देखिनेछ खोला
बग्न थाल्नेछौ तिमी
फेरि एक्लै एक्लै ।

Tags: #साहित्यकविताहेमन यात्री
हेमन यात्री

हेमन यात्री

यात्री परिचित कवि हुन् । उनको पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रह प्रकाशित छ । त्यसबाहेक उनका निबन्ध, संस्मरण र लेखकहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

Related Posts

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम
FEATURE BREAKING

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : कवि विमल गुरुङको स्मृतिमा स्थापित प्रतिष्ठित कृति पुरस्कार यस वर्ष दुई निबन्ध सङ्ग्रहले संयुक्त रूपमा प्राप्त गरेका छन्।...

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश
कला साहित्य

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : इटहरी रंगशालामा बुधबार साँझ गीत मात्रै गुञ्जिरहेका थिएनन्, देश र समाजप्रतिको एउटा सन्देश पनि फैलिरहेको थियो । मञ्चमा...

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

इटहरीमा नेपथ्य कन्सर्टकाे तयारी पूरा, दश हजारकाे उपस्थितिकाे अपेक्षा

कार्तिक १५, २०८३
पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
भूपिन र जुनुको कृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार’

भूपिन र जुनुको कृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार’

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

कार्तिक १९, २०८३
उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कार्तिक १९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

कार्तिक १९, २०८३
कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    378 shares
    Share 151 Tweet 95
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.