इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष सहित दुई प्राध्यापकलाई विद्यार्थी सङ्गठनहरूले अनिश्चितकालीनका लागि क्याम्पस प्रवेश निषेध गरेका छन् ।
संयुक्त विद्यार्थी सङ्गठनहरूले शुक्रवार एक विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेका हुन् ।
क्याम्पसमा रहेका अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ, नयाँ शक्ति लगायत विभिन्न पार्टीका ६ विद्यार्थी सङ्गठनहरूले क्याम्पस सञ्चालक समिति अध्यक्ष रेवती भण्डारी, प्राध्यापक राजन भट्टराई र कृष्णकला राईलाई क्याम्पस प्रवेश निषेध गरेको ह।
केही साता अगाडि प्राध्यापक राजन भट्टराईले कृष्णकला राईलाई फोनमार्फत दुर्व्यवहार गरेको र दोषीलाई कारबाही नभएको भन्दै विद्यार्थी संगठनहरूले यस्तो निर्णय गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘क्याम्पस प्रशासनले पेस गरेको प्रतिवेदन र संयुक्त विद्यार्थी सङ्गठनको ध्यानाकर्षण पत्रलाई बेवास्ता गरी कुनै पनि कारबाही अगाडि नबढाएको र पछिल्ला घटनाक्रम हेर्दा उक्त घटनालाई ढाकछोप गर्न सञ्चालक समितिका अध्यक्ष भण्डारी पनि जोडिएको आशङ्का सम्पूर्ण विद्यार्थी सङ्गठनको रहेको छ ।’












Discussion about this post