मोरङ : जेन-जी आन्दोलनमा आगजनीपछि ध्वस्त बनेको मोरङ जिल्ला प्रशासन कार्यालयले आंशिक सेवा सुरु गर्ने भएको छ।
भदौ २४ मा भएको आगजनी, तोडफोड र लुटपाटले पूर्णरूपमा ठप्प बनाएको प्रशासनिक सेवा अब बुधबारदेखि आंशिक रूपमा पुनः सञ्चालनमा आउने भएको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सुरुआतमा नाबालक परिचयपत्र, जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिसजस्ता आधारभूत सेवाहरू उपलब्ध हुनेछन्।
तर, नयाँ नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता संवेदनशील सेवा भने अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहनेछ।
भौतिक सम्पत्ति मात्र होइन, प्रशासनिक संरचनाको मनोबलसमेत ध्वस्त बनाउने गरी भएको उक्त घटनापछि अब मोरङ प्रशासनले सुरक्षालाई पहिलो प्राथमिकता भन्दै पुनः सञ्चालनको यात्रा थालेको हो।
स्थानीय प्रशासन अहिले सीमित स्रोत र साधनमा सेवा पुनःस्थापनाका लागि संघर्षरत छ।
सूचना















Discussion about this post