Monday, May 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

जेन-जी आन्दोलनमा हुलदंगासँगै झापाबाट दुर्लभ कछुवा तस्करी

रासस by रासस
अशोज ९, २०८२
in पर्यावरण, समाचार
0
जेन-जी आन्दोलनमा हुलदंगासँगै झापाबाट दुर्लभ कछुवा तस्करी
69
SHARES
Share on FacebookShare on Twitter

झापा : यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ ।

सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो ।

गत भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चारवटा कछुवा चोरी भएका हुन् ।

प्रदर्शनकारीले प्रतिष्ठानको मुख्य कार्यालयसहित पर्यटकीय पूर्वाधारमा आगजनी र तोडफोड गरेका थिए ।

आगजनी र तोडफोडबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले बताए ।

प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्र पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ । यहाँका नौका विहार, सहिद प्रतिमाको अवलोकन, झोलुङ्गे पुल र फाउन्टेन पार्क हेर्न र वनभोजका लागि पर्यटकहरू आउने गर्छन् ।

आन्दोलनकारीले प्रतिष्ठानको हाताभित्र रहेको कार्यालय, डुङ्गा र फाउन्टेन पार्कको प्यानल बोर्डमा आगजनी तथा प्रहरी चौकी, सहिद प्रतिमा र क्यान्टिनलगायत संरचनामा तोडफोड गरेको सुवेदीले जानकारी दिए ।

“केन्द्रमा रहेका सबै कछुवाको नियमित गणना हुन्छ”, उनले भने, “यसपटक गणना गर्दा चारवटा कछुवा चोरी भएको पाइयो ।”

व्यवस्थापक सुवेदीले हाल क्षतिग्रस्त संरचनाको भग्नावशेष पन्छाएर असोज ११ गतेदेखि पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको उनले बताए ।

यहाँ अवलोकन र अनुसन्धानका लागि बर्सेनि करिब दुई लाख पर्यटक भित्रिने गरेका छन् । ‘जेनजी’ प्रदर्शनपछि यहाँ प्रवेश बन्द गरिएको छ । पर्यटकमा निर्भर प्रतिष्ठान हाताबाहिरका ५० भन्दा बढी पसल र रेस्टुरेन्ट पनि हाल सुनसान छन् ।

सन् २०१२ मा उभयचर वैज्ञानिक डा केआर खम्बुको प्रेरणामा यहाँ कछुवा संरक्षण केन्द्र स्थापना गरिएको थियो ।

देशभरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत जीव विज्ञानका विद्यार्थीहरू अनुसन्धानका लागि केन्द्रमा आउने गरेका छन् ।

स्थानीय ग्रामीण तथा सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवालाई यहाँ ल्याएर संरक्षण गरिँदै आइएको छ ।

Tags: #तस्करीकछुवाजेन–जीवन्यजन्तु
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)
समाचार

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

विराटनगर : नेपाली कांग्रेस मोरङले संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्याता आइतबार अध्यावधिक समिति गठन गरेको छ...

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 
FEATURE BREAKING

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

मोरङ : मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोह सक्रिय भएको पाइएको छ। प्रहरीका अनुसार...

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३
भोजपुरमा ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन

एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित गाउँपालिकाद्धारा सम्मान

जेष्ठ १०, २०८३
मोरङमा लागूऔषधविरुद्ध महाअभियान 

मोरङमा लागूऔषधविरुद्ध महाअभियान 

जेष्ठ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1478 shares
    Share 591 Tweet 370
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    872 shares
    Share 349 Tweet 218
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.