Tuesday, June 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जेन-जी आन्दोलनमा अष्ट्रेलिया थिए विराटनगरका मेयर, जलेका संरचना देख्दा विक्षिप्त बने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८२
in समाचार
0
जेन-जी आन्दोलनमा अष्ट्रेलिया थिए विराटनगरका मेयर, जलेका संरचना देख्दा विक्षिप्त बने
64
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जेनजी आन्दोलनका क्रममा अष्ट्रेलिया थिए ।

उनी भ्रमणबाट फर्किएपछि आइतबार महानगरको जलेका संरचनाको निरीक्षण गरेका छन् ।

विराटनगरस्थित कोइराला निवाससहित जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका हुन् ।

तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर गृहनगर फर्किएका मेयर कोइरालाले आइतबार जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित महानगरको प्रशासनिक भवन, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घर र कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेका हुन् ।

प्रजातान्त्रिक आन्दोलनको धरोहरका रूपमा रहेको कोइराला निवास पुगेर उनले निरीक्षण गरेका थिए । सो क्रममा मेयर कोइराला विक्षिप्त भए ।

उनले निवासलाई पहिलाकै अवस्थामाफर्काउनआफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘यो जलेको घरले देशमा आजको अवस्था ल्याउन अग्रणी भूमिका खेलेको थियो । इतिहासलाई भेट्ने प्रयास गरिएको छ । यो खरानी भएको घर हेर्दा मनिकै भावुक भएको छु,’ उनले भने, ‘तर यही खरानीको घरको माटोमा उभिएर भन्छु हामी पहिलाकै अवस्थामा पुग्नेछौं । जेनजीले सोचेजस्तै नेपाल बनाउनेछौं ।’

पिताजी कृष्णप्रसाद कोइरालाले १ सय ८ वर्षअघि निर्माण गरेको कोइराला निवास भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो । सोही घरबाट पिताजीले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई फाटेको भोटो पठाएर देश र जनताको अवस्थाबारे जनाकारी दिँदै प्रजातन्त्रका पक्षमा सांकेतिक विद्रोह गरेका थिए ।

मेयर कोइरालाले महानगरको निरीक्षणपछि भौतिक संरचनाजले पनि जनताको सेवा गर्ने हिम्मत र साहस नजलेको प्रतिक्रिया दिए ।

उनले जनताको प्रत्यक्ष पहुँच भएको महानगर जलाएकोमा दुःख व्यक्त गर्दै भने, ‘सम्पूर्ण कागजपत्र जलेका कारण जनताले नै दुःख पाउने अवस्था सिर्जना भएको छ । जे नहुनुपर्ने थियो भयो अब सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’

त्यस्तै मेयर कोइरालाले महानगर,वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेतको निवाससहितकांग्रेस पार्टी कार्यालयको पनि निरीक्षण गरेका थिए ।

मेयर कोइरालाविराटनगर–८ स्थित श्रद्धाश्रम निर्माणका लागि सहयोग जुटाउन अष्ट्रेलिया भ्रमणमा गएका थिए ।

अष्ट्रेलियामा रहँदा मेयर कोइरालाले एनआरएनएले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनले विराटनगरको विकासका लागि मन खोलेर सहयोग गर्न आग्रह गरेका थिए ।

Tags: #विराटनगरजेन–जीविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण
समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। साथै उनले उद्यमी–व्यवसायीहरूलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : मोरङको उर्लाबारीस्थित प्रहरी हिरासतबाट फरार भएकी एक युवतीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ विशालटोल...

मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

जेष्ठ १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

जेष्ठ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

जेष्ठ १८, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

जेष्ठ १८, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1499 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.