संखुवासभा मादी नगरपालिकामा तस्करी गरेर अवैध राखेको काठ प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएका प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको अवस्थामा काठ फेला पारेको हो ।
पात्ले, चांप, अंगारे लगायतका विभिन्न प्रजातिका रुख जंगलबाट अबैध रुपमा कटान गरी मादी नगरपालिका-२ सानो ओईराङमा लुकाइ छिपाइ स्थानीय नारायण कडेँलको घरमा राखिएको अबस्थामा काठ फेला परेको हो ।
कडेँलको घरमा राखिएको ३०७ क्यू. फिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।
मादी नगरपालिका-२ का शशी लिङथेप र मादी नगरपालिकका- १ का कृष्ण भनिने रविन कुमार ल्हो तामाङ समेतले जंगलबाट अवैध रुपमा कटान गरी राखेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिए ।
उनका अनुसार रबिन कुमार ल्हो बन महासंघ मादी नगरको अध्यक्ष समेत हुन् ।
अवैध काठ कटानमा संलग्न मानिसहरु हाल फरार रहेको भएपनि उनीहरूको खोजी भईरहेको राईले बताए ।













Discussion about this post