Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिक प्रयोगले मौन महामारी बन्दै ‘एएमआर’

रासस by रासस
कार्तिक ८, २०८२
in विविध, समाचार
0
चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिक प्रयोगले मौन महामारी बन्दै ‘एएमआर’
60
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोग बढ्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

आफूखुसी र अपूरो डोजमा एन्टिबायोटिक सेवन गर्नाले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारीले देशभर जरो गाड्दै गएको उनीहरूको भनाइ छ।

विराटनगरकी सरिता कार्कीले छोरालाई सामान्य खोकी र ज्वरो आउँदा फार्मेसीबाट किनेर दिएको एन्टिबायोटिकले पहिलोपटक निको पारे पनि दोस्रोपटक काम नगरेपछि उनी झसङ्ग भइन्।

मोरङका ५५ वर्षीय रामबहादुर राईले पनि दाँत दुख्दा जथाभाबी एन्टिबायोटिक किन्ने बानीले गर्दा पछिल्लो समय औषधिले काम गर्न छाडेको बताए।

यी उदाहरणहरूले मानिसहरू ‘छिटो निको हुने’ सोचले आफैँ चिकित्सक बन्ने प्रवृत्ति बढेको देखाउँछ।

कमजोर बन्दै साधारण औषधि

कोशी अस्पतालका बालरोग विभाग प्रमुख डा रामनारायण चौधरी पछिल्ला वर्षमा सामान्य सङ्क्रमणका लागि प्रयोग हुने औषधिले काम गर्न छोडेका बिरामी बढेको बताउँछन्।

उनी भन्छन्, “एन्टिबायोटिकको दुरूपयोगले ब्याक्टेरिया झन् बलियो बन्छ। यो अत्यन्तै खतरनाक सङ्केत हो।”

नोबेल मेडिकल कलेजका प्रिन्सिपल तथा वरिष्ठ फोक्सो रोग विशेषज्ञ प्रा डा रामहरि घिमिरेले एन्टिबायोटिकको जथाभाबी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताए।

उनका अनुसार, चिकित्सकले सिफारिस गरेको पूरा डोज नखाने, औषधि पसलेले सही मात्रा मिलाउन नसक्ने र कतिपय चिकित्सकले कीटाणु जाँच नगरी औषधि दिने गर्दा एएमआरको समस्या बढेको हो।

डा घिमिरेले सूक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र रोग निको नहुने हुँदा बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने सुझाव दिए।

औषधि पसले र उपभोक्ता दुवै सचेत हुनुपर्ने

विराटनगरका औषधि व्यवसायीहरू पनि यो प्रवृत्तिबारे चिन्तित छन्। नेपाल औषधि व्यवसायी सङ्घ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालले उपभोक्ता स्वयं सचेत नभएसम्म यो समस्या समाधान गर्न नसकिने बताए।

उनका अनुसार, उपभोक्ताले चिकित्सकको सल्लाह बिना नै औषधि माग गर्ने र कहिलेकाहीँ दबाबका कारण बिना ‘प्रेस्क्रिप्सन’ एन्टिबायोटिक बिक्री हुने समस्या छ। सङ्घले यस्तो अभ्यास रोक्न अभिमुखीकरण तालिम र अनुगमन गरिरहेको उनले जानकारी दिए।

पशुपालन क्षेत्रमा पनि एन्टिबायोटिकको दुरुपयोग

एन्टिबायोटिकको गलत प्रयोग केवल मानिसमा मात्र सीमित छैन।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार शाह प्रदेशका धेरैजसो पोल्ट्री फार्ममा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग हुने गरेको बताउँछन्।

पशुमा प्रयोग भएका औषधिको अवशेष दूध, मासु र अण्डामार्फत मानिसको शरीरमा पुग्दा पनि दीर्घकालीन रूपमा प्रतिरोध विकास हुने डा शाहको भनाइ छ। उनले एएमआर नियन्त्रणका लागि ‘वन हेल्थ’ दृष्टिकोण आवश्यक रहेकोमा जोड दिएका छन्।

विश्वभरि बढ्दै एएमआरको खतरा

भाइरोलोजी विशेषज्ञ डा सन्तोष दुलालका अनुसार, विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख विश्वव्यापी जनस्वास्थ्य खतरामध्ये एक मानेको छ।

एन्टिबायोटिकले काम नगर्ने हुँदा सन् २०३० सम्ममा थप २ करोड ४० लाख मानिस चरम गरिबीमा धकेलिने र सन् २०५० सम्ममा एएमआरका कारण वार्षिक १ करोड मानिसको मृत्यु हुने अनुमान छ।

यो महामारीको चपेटामा नेपालजस्ता विकासशील देश बढी पर्ने देखिन्छ।

विज्ञहरूले एन्टिबायोटिकको गलत प्रयोग रोक्न जनचेतना नै सबैभन्दा शक्तिशाली उपाय भएको बताएका छन्।

चिकित्सक, औषधि व्यवसायी, उपभोक्ता र नियामक निकाय सबैले इमान्दारीपूर्वक आफ्नो भूमिका निभाए मात्र यो समस्या समाधान गर्न सकिनेमा उनीहरूको जोड छ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा सचेतना फैलाउन आवश्यक कार्यक्रम ल्याउनेबारे सोचिरहेको जानकारी दिएको छ।

Tags: #रासस#विराटनगरमहामारी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    759 shares
    Share 304 Tweet 190
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.