विराटनगर : निजी स्वास्थ्य संस्थाहरूमा नर्सलाई न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण बढ्दै गएको आरोपसँगै सुरु भएको नर्सहरूको आन्दोलन उत्कर्षमा पुगेको छ ।
यसैबीच नेपाल नर्सिङ संघ मोरङको नेतृत्वमा कोशी अस्पतालका नर्सहरूले अस्पताल परिसरमै प्लेकार्डसहित प्रदर्शन गर्दै स्वास्थ्य सेवा क्षेत्रमा ‘न्यूनतम पारिश्रमिक’ लागू नहुनु स्वयं नीतिगत कमजोरी र नियमनहीनताको परिणाम भएको बताउँदै आन्दोलन गरेका छन् ।
आन्दोलनमा सहभागी नर्सहरूका अनुसार नेपालमा श्रमको उचित मूल्य नदिँदा दक्ष नर्सहरू विदेश पलायन हुने क्रम तीव्र भएको छ, जसले राष्ट्रिय स्वास्थ्य सेवामा दीर्घकालीन समस्या निम्त्याइरहेको छ।
खासगरी तलबको विषय मात्र नभई ‘नाफा प्राथमिक, सेवा गौण’ भएको स्वास्थ्य मोडलमाथि नै प्रश्नचिह्न खडा भएको उनीहरूको भनाइ छ ।
नेपाल नर्सिङ संघ मोरङकी अध्यक्ष लजिता योन्जनले भनिन्, “निजी अस्पतालहरू नाफा बढाउन नर्सको श्रममा कटौती गर्छन्। राज्यले तलब निर्धारण गरे पनि कार्यान्वयनमा नै सम्झौता छ।”
निर्णयअनुसार नर्सहरूले दैनिक दुई घण्टा कालोपट्टी बाँधेर धर्ना दिनेछन्। माग सम्बोधन नभए आन्दोलन क्रमशः कडा हुँदै जाने चेतावनी संघले दिएको छ।













Discussion about this post