विराटनगर : जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट क्षतिग्रस्त विराटनगरस्थित भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनर्निर्माण सम्पन्न गरी शनिबारदेखि पुनः सञ्चालनमा आएको छ।
आगलागीपछि पूर्ण रूपमा बन्द रहेको सुपरमार्केटको पुनर्निर्माण तीन सिफ्टमा सम्पन्न गरिएको थियो। पुनर्निर्माण सकिएसँगै शनिबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको हो।
विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा रहेको भाटभटेनी पुनः सञ्चालनमा आएपछि पहिलो दिनदेखि नै उपभोक्ताको उल्लेख्य भीड देखिएको छ।
स्थानीयले दैनिक उपभोग्य वस्तुको खरिद–बिक्री सहज भएको भन्दै सुपरमार्केट पुनः सञ्चालनलाई सकारात्मक रूपमा लिएका छन्।
गत भदौमा भएको आगजनीले सुपरमार्केटमा ठूलो क्षति पुर्याएको थियो। पुनः सञ्चालनसँगै विराटनगरको व्यापारिक गतिविधिमा पनि थप चलायमान हुने अपेक्षा गरिएको सञ्चालक मीनबहादुर गुरुङले बताए।




















Discussion about this post