Friday, May 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराट मेडिकलमा एक हजार नर्स भर्ना गर्दा १० जनाले मात्र सम्झौता गरे, पुराना नर्सहरू भने सन्तुष्ट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८२
in समाचार
0
विराट टिचिङमा नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा ठप्प, सयौँ बिरामी मर्कामा
86
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। 

हस्पिटललाई अति आवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब दिने भनेर घोषणा गरेको थियो। तर, ठूलो संख्यामा आवेदन खुलाए पनि केही मात्र नर्सले काम गर्न रुचि देखाएका छन्।

स्वास्थ्य क्षेत्रमा मेडिकल जनशक्तिको अभाव बढ्दै गएकोले नर्सिङ पेसा नेपालमै बसेर अंगाल्न चाहनेहरूलाई विशेष तलब सुविधासहित लामो अवधिका लागि नियुक्त गर्नुपर्ने स्थिति रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले बताए।

नर्सिङ जनशक्ति व्यवस्थापनमा चुनौती

विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा मात्रै नभई नेपालभरीकै हस्पिटललाई नर्सिङ जनशक्ति व्यवस्थापन गर्न उत्तिकै गाह्रो रहेको छ। अहिले भइरहेकोले जेनतेन चलिरहेको भएपनि सेवा विस्तार गर्न नर्सिङको अभाव हुनेछ। 

विराट मेडिकलमा विगत लामो समयदेखि कार्यरत नर्सहरूको संख्या उल्लेख रहेको छ। विगत ५ देखि १० वर्षभन्दा बढी समयसम्म काम गर्ने नर्सहरूको संख्या ५० जनाभन्दा बढी रहेको छ।

पुराना नर्सहरूको अनुभव सकारात्मक

हस्पिटलमा लामो समयदेखि कार्यरत नर्सहरूले काम गर्ने वातावरण र सेवा सुविधाप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

विगत १० वर्षदेखि इमर्जेन्सी विभागमा कार्यरत प्रवीण कुमार यादवले विराट नर्सिङ होममा आफ्नो परिवारको राम्रो उपचार पाएको देखेर पढाइपछि त्यहीँ काम गर्ने सोच गरेको बताए।

“यस हस्पिटलमा काम गर्नका लागि पारिवारिक वातावरण छ। अन्य हस्पिटलको तुलनामा राम्रो नै रहेको छ,” उनले भने।

त्यस्तै, १० वर्षभन्दा बढी समयदेखि शल्यक्रिया कक्षमा काम गर्दै आएका अमरेन्द्र कर्णले हस्पिटलले कर्मचारीलाई दिने सेवा सुविधा राम्रो रहेको बताए।

“मेरो घर विराटनगरमै छ र काम गर्ने स्थान पनि नजिकै भएकोले गर्दा विराट नै रोजेको हुँ,” उनले भने।

पोस्ट नेटल वार्डमा ५ वर्षदेखि काम गरिरहेकी इन्दिरा परियारले हस्पिटलमा पारिवारिक वातावरण रहेको बताइन्। “अन्य हस्पिटलको तुलनामा हाम्रो समयमै तलब आउँछ। अन्यमा भने २-३ महिनामा एक चोटि आउँछ,” उनले भनिन्।

डायलाइसिस वार्डमा ९ वर्षभन्दा बढी समयदेखि काम गरिरहेकी रन्जना दर्जीले मेट्रोन म्याम आएपछि सबै जनाको काम सीप हेरेर क्षमता अनुसारको तलब दिइएको जानकारी दिइन्।

“अन्य हस्पिटलको तुलनामा यस हस्पिटलमा सेवा सुविधाहरू धेरै नै राम्रो भएको हुँदा यहीँ काम गरिरहेको छु,” उनले भनिन्।

सम्झौतामा काम गर्ने नर्सहरू पनि खुसी

हालै ५ वर्षको सम्झौता गरेर काम गरिरहेकी स्टाफ नर्स संगिता पौडेलले अन्य हस्पिटलमा लामो समय काम गर्दा समेत पैसा कम हुने भएकोले विराट मेडिकलमा आएर सम्झौता गरेको बताइन्।

उनले ४५ हजार रुपैयाँदेखि तलब सुरु गरेकी छन्।

“अहिले यस हस्पिटलमा काम गर्न पाउँदा खुसी छु म। धेरै सेवा सुविधा छ, समयमै तलब आउँछ,” उनले भनिन्।

त्यस्तै, डायलासिस वार्डमा ५ वर्षको सम्झौता गरेर काम गरिरहेकी गोमा श्रेष्ठले सम्झौता गर्नु भनेको नै तलब बढी आउनु भएको बताइन्।

Tags: नर्सविराट टिचिङविराट मेडिकल कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
FEATURE BREAKING

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

by रासस
बैशाख १७, २०८३
0

झापा : कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक...

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३
इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

बैशाख १७, २०८३
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1510 shares
    Share 604 Tweet 378
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    647 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.