Tuesday, November 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर महानगरद्वारा टेन्टभित्रै त्रैमासिक समीक्षा गोष्ठी, कार्यप्रगति प्रस्तुत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८२
in समाचार
0
विराटनगर महानगरद्वारा टेन्टभित्रै त्रैमासिक समीक्षा गोष्ठी, कार्यप्रगति प्रस्तुत
62
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी टेन्टभित्रै सञ्चालन गरेको छ ।

जेनजी आन्दोलनका कारण भवनमा क्षति पुगेपछि महानगरले टेन्टभित्रै समीक्षा गोष्ठी सञ्चालन गरेको हो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा भएको गोष्ठीमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा महानगरबाट भएका कार्य प्रगति प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीव भट्टराई, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगाना, कानुन शाखाकी प्रमुख शारदा थपलियाले आ–आफ्ना शाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै, सामाजिक विकास महाशाखाकी प्रमुख मञ्जु लोहनी, भण्डारण शाखा प्रमुख अजय साह, विपद् तथा वातावरण शाखा र सूचना शाखाकी प्रमुख कमला निरौला, नगर प्रहरीका प्रमुख राजन पौडेल लगायतले पनि आफ्नो महाशाखा र शाखाले साउनदेखि असोज मसान्तसम्म गरेका कार्यप्रगति प्रस्तुत गरेका थिए ।

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाका अनुसार समीक्षा अवधिमा महानगरले आन्तरिकतर्फ ११ करोड, ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस अवधिमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यस अवधिमा ३ हजार ५५ वटा व्यवसाय नवीकरण गरेको राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा आगजनी गरिएको थियो । जसका कारण सेवाप्रवाहमा समस्या भएको छ ।

स्थान अभावकै कारण महानगरले समीक्षा गोष्ठी टेन्टभित्र आयोजना गरेको जनाइएको छ ।

Tags: #विराटनगरविराटनगर महानगरपालिकासमीक्षासमीक्षा गोष्ठी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी
FEATURE BREAKING

जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

by नवीन गड्तौला
कार्तिक २४, २०८३
0

सुनसरी : कृषि कर्ममा नयाँ प्रयोग र निरन्तरको मेहनतले कसरी सफलता ल्याउँछ भन्ने गतिलो उदाहरण बनेका छन्, सुनसरीको हरिनगर गाउँपालिका–३,...

इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव
FEATURE BREAKING

इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८३
0

इटहरी : इटहरी र सुन्दरहरैँचाका बासिन्दालाई जोड्ने धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा बुढीगंगा–जमुना मुक्तिधामको छठ पर्व विस्तार हुँदै गएको छ।...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषधसहित मोरङ, सुनसरी र उदयपुरबाट चार जना पक्राउ

कार्तिक २४, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टाबाट एक महिनामै १७ लाख किलो चिया निर्यात

कार्तिक २४, २०८३
झापामा बजार विस्तार तीव्र, आगो निभाउने पूर्वाधार कमजोर

झापामा बजार विस्तार तीव्र, आगो निभाउने पूर्वाधार कमजोर

कार्तिक २४, २०८३
भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

भूमिहीन एघार हजार, लालपूर्जा वितरण ४३ थान

कार्तिक २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

जुगाडबाट सुरु सयपत्री फूलखेती, वार्षिक तीन लाख आम्दानी

कार्तिक २४, २०८३
इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

इटहरी र सुन्दरहरैँचालाई जोड्ने छठको साझा उत्सव

कार्तिक २४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषधसहित मोरङ, सुनसरी र उदयपुरबाट चार जना पक्राउ

कार्तिक २४, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टाबाट एक महिनामै १७ लाख किलो चिया निर्यात

कार्तिक २४, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1074 shares
    Share 430 Tweet 269
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    383 shares
    Share 153 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    335 shares
    Share 134 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.