इटहरी : विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले समग्र प्रदेशको शान्ति–सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्की उपस्थित रहेका थिए। पछिल्ला घटना, सम्भावित सुरक्षा, प्रदेशभरको कानून–व्यवस्था र सुरक्षा निकायबीचको समन्वयबारे बैठकमा छलफल गरिएको थियो।
बैठकपछि हालै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीलाई मुख्यमन्त्री कार्कीले औपचारिक रूपमा बिदाइ गरेका छन्।
कार्कीले प्रदेशमा देखाएको नेतृत्व र सुरक्षा व्यवस्थामा पुर्याएको योगदानका लागि धन्यवाद दिइयो।
बैठकमा सुरक्षा निकायका प्रमुख अधिकारी, प्रशासनका प्रतिनिधि तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता थियो।














Discussion about this post