झापा : पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा रु १२ करोड पाँच लाख १० हजार मूल्य बराबरको कफी आयात भएकाे छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार साउनदेखि कात्तिकसम्मको सो अवधिमा ८९ हजार ६२९ किलोग्राम कफी आयात भएकाे हाे ।
गत आव २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष कफीको आयात १५ प्रतिशतले वृद्धि भएकाे छ ।
गत आव २०८१/८२ को साउनदेखि कात्तिकसम्मको चार महिनामा रु १० करोड ४७ लाख ३३ हजार मूल्यबराबरको ९५ हजार ५८९ किलोग्राम कफी आयात भएको भन्सारले जनाएकाे छ ।














Discussion about this post