Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

साहित्यमय बन्यो अरनिको कलेज, कविता प्रतियोगितामा अभिषेक र आयुष प्रथम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १४, २०८२
in कला साहित्य, समाचार
0
साहित्यमय बन्यो अरनिको कलेज, कविता प्रतियोगितामा अभिषेक र आयुष प्रथम
63
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : आइतबार विराटनगरस्थित अरनिको कलेजमा छुट्टै माहोल थियो । हलभरि भेला भएका विद्यार्थी कोही ताली बजाएर हुटिङ गरिरहेका थिए । कोही कविता सुनाउँदै थिए ।

विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित खुल्ला कविता प्रतियोगिताले आइतबार अरनिको कलेज साहित्यमय बनेको थियो ।

नेपाली र अंगेजी दुवै भाषामा बेग्ला–बेग्लै आयोजित प्रतियोगितामा ३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै अंग्रेजी भाषातर्फ अभिषेक साह र नेपाली भाषातर्फ आयुष पोखरेल प्रथम भए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार भरत बर्बरिक सम्मिलित निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । प्रतियोगितामा अंग्रेजी भाषातर्फ नेहाकुमारी झा द्वितीय हुँदा जावेद अख्तर र आरोही ढकाल तृतीय भए ।

निर्णायक समितिले अख्तर र ढकालको बराबरी नम्बर आएका कारण दुवैलाई तृतीय पुरस्कार दिने निर्णय गरेको थियो ।

त्यस्तै, नेपाली भाषातर्फ सुम्निमा न्यौपाने द्वितीय हुँदा मनास्लु कोइराला तृतीय भइन् । प्रतियोगितामा सहभागी विद्यार्थीले राजनैतिक विकृति, विसंगति, भ्रष्टाचार, जातीय विभेद, गरिबी, युवा पलायन, बलात्कारलगायतका विषयमा केन्द्रित रहेर लेखेका कविताहरू वाचन गरेका थिए ।

क्याम्पसका सञ्चालक भरतराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य राजेश कार्की, सञ्चालक उमेन्द्र लुइँटेल, डा. भविन्द्र निरौला, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराई, निर्णायकद्वय नवोदित, बर्बरिकलगायतले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता मञ्च महत्वपूर्ण हुने बताए ।

उनीहरूले आफूभित्र रहेको प्रतिभालाई उजागर गर्न विद्यार्थीलाई आग्रहसमेत गरे ।

कोशी प्रदेशकै उत्कृष्ट कलेजका रूपमा रहेको अरनिकोले समय–समयमा कवितासहित वादविवाद, वक्तृत्व, हाजिरीजवाफ, गायन, नृत्य, खेलकुदलगायतका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।

कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राख्दै आएको प्राचार्य राजेश कार्कीले बताए ।

Tags: #साहित्यअरनिको कलेजकविता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    736 shares
    Share 294 Tweet 184
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.