Monday, April 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

‘प्रतिभा विशेष सम्मान’द्वारा सुप्रसिद्ध कवि जसराज किराती सम्मानित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २३, २०८२
in कला साहित्य, समाचार
0
‘प्रतिभा विशेष सम्मान’द्वारा सुप्रसिद्ध कवि जसराज किराती सम्मानित
68
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुप्रसिद्ध कवि जसराज किरातीलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजना गरिएको ‘प्रतिभा विशेष सम्मान’ प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा विशिष्ट कवि बैरागी काईँलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरातीलाई एक लाख रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको हो । बहुआयामिक व्यक्तित्वका धनी किराती खोटाङ निवासी हुन् ।

कविता लेखनमा ६ दशकभन्दा बढी सयम गुजारेका उनी अहिले पनि लेखन क्षेत्रमा सक्रिय छन् । २०३४ सालमा उनको पहिलो कवितासंग्रह ‘उज्यालो खोज्ने आँखाहरू’ प्रकाशित भयो।

२०५७ मा दोस्रो कवितासंग्रह ‘जसराज किरातीका कविता’ प्रकाशन भयो। २०६५ मा उनको तेस्रो कवितासंग्रह ‘जसराज किरातीका प्रतिनिधि कविता’ प्रकाशित भएको छ ।

‘कविता लेख्नु भनेको नक्कल गर्नु होइन’ भन्ने विचार राख्ने किराती कलासाहित्यसँग सम्बन्धित कार्यक्रममा बोलाएको ठाउँमा सकेसम्म पुग्छन् । माइक समाउनासाथ जसराज भन्छन्, ‘म अलिअलि कविता लेख्ने मान्छे हुँ। म आफ्नै कविता पनि भन्न बिर्सिन थालेँ। स्मरणशक्ति घट्यो।’

सोमवार आयोजना भएको उक्त कार्यक्रममा किरातीले साहित्यिक योगदान, सिर्जनात्मक सक्रियता र नेपाली कवितामा पुर्‍याएको दीर्घ योगदानका आधारमा ‘प्रतिभा विशेष सम्मान’ गरिएको आयोजकले जनाएको छ ।

यस्तै, युवा साहित्यकार विजेता चौधरीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ। युवा पुस्तामा देखिएको सिर्जनात्मक ऊर्जा तथा साहित्यिक सम्भावनालाई कदर गर्दै चौधरीलाई सम्मानपत्र र एक लाखसहित दोसल्ला प्रदान गरिएको छ।

प्रमुख अतिथि काईँलाले यस्ता कार्यक्रमहरूले स्रष्टाहरूलाई थप सिर्जनात्मक ऊर्जा र उत्साह दिन मद्दत गर्ने उल्लेख गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका उपाध्यक्ष कवि मिजास तेम्बे, प्रसिद्ध कवि प्राज्ञ श्रवण मुकारुङ, समालोचक तथा साहित्यकार डा. तुलसी गौतम लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो।

कार्यक्रमको संचालन कवि प्राज्ञ सशी लुमुम्बुले गरेका थिए।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले हरेक वर्ष साहित्य, कला तथा सिर्जनशील क्षेत्रमा निरन्तर योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।

Tags: #साहित्यजसराज किरातीसम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद...

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
FEATURE BREAKING

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

by रासस
बैशाख ७, २०८३
0

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1309 shares
    Share 524 Tweet 327
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    371 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.