Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट सहयोग जुट्दै

रासस by रासस
मंसिर २४, २०८२
in समाचार
0
61
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।

धार्मिक, सांस्कृतिक तथा आन्तरिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई आकर्षक रूपमा विकास गर्न स्थानीय तहले निरन्तर सक्रियता बढाएको हो ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेपछि ठेक्का खारेज गरी नयाँ प्रक्रियाबाट थप संरचना निर्माण अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

ठेकेदारका कारण निर्माणको काम अधुरो बनेपछि आवश्यक संरचना निर्माण गर्न आम नागरिकलाई सहयोगका लागि आह्वान गरिएको अध्यक्ष राईले बताए ।

यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्र विकासमा नागरिकस्तरबाट पनि सहयोग प्राप्त हुन थालेको अध्यक्ष राईको भनाइ छ ।

“केन्द्र सरकारसँग मिलेर हामीले यो धार्मिक क्षेत्रको संरक्षण थालेका हौँ”, अध्यक्ष राईले भने, “पोखरी संरक्षणसँगै घेराबारको काम सकिएको छ, पोखरी वरपर थप संरचना निर्माणका लागि स्थानीय नागरिकलाई सहयोगका लागि आग्रह गरेका छौँ, सहयोगसमेत प्राप्त भइरहेको छ ।”

गाउँपालिकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर क्षेत्रलाई छिटो सम्पन्न गरी पौवादुङमालाई आकर्षक धार्मिक तथा आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिकाले सहयोगको लागि आह्वान गरेसँगै पोखरी परिसरमा फलामबाट निर्मित आराम बेन्च स्थापनाका लागि दलबहादुर थापा, काजीमान थापा, ज्ञानु राई, दिपेन पोमु, सन्तवीर लिम्बू (सन्तोष तिगेला), योगराज गाउँले, मनोज राई, दिपेनकुमार खत्री, सन्तोष चाम्लिङ, भक्तजङ राई, पवित्रा भुजेल, पुष्प धिमाल, गीता ढकाल र जनक सापकोटालगायतले सहयोग गरेका छन् ।

गाउँपालिकाले उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी निर्माण कार्यमा समेत निरन्तर साथ–सहयोगको अपेक्षा राखेको छ ।

पञ्चकन्या क्षेत्रको समग्र विकासका लागि पञ्चकन्या मन्दिर, भोजपुर लिजेन्ड पार्क, च्याङ्गे पोखरी चिल्ड्रेन पार्क, खुल्ला व्यायामशाला, ढुङ्गाका धार्मिक मूर्ति तथा अन्य भौतिक संरचना क्रमशः निर्माण हुँदैछन् ।

Tags: #भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.