इटहरी : इटहरी नगर प्याब्सन स्पोर्ट्स मिट २०८२ अन्तर्गत सिनियरतर्फको फुटबल प्रतियोगितामा शान्तिनगर इङ्लिस स्कुलले उपाधि चुमेको छ ।
३८ वटा विद्यालय तथा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा शान्तिनगर इङ्लिस स्कुलले खनार सनसाइन स्कुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि हात पारेको हो।
खेल अवधिभर शान्तिनगर इङ्लिस स्कुलकै प्रवेश भट्टराई उत्कृष्ट गोलरक्षक घोषित भए भने रोज श्रेष्ठ उत्कृष्ट खेलाडी र सुबहाङ्ग राई सर्वोत्कृष्ट गोलकर्ता घोषित भए।
उपाधि विजेता तथा सहभागी खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।












Discussion about this post