Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

तराई क्षेत्रमा शीतलहर र चिसो हावा, अस्पतालमा मौसमी फ्लुका बिरामीको लर्को

रासस by रासस
पुस २१, २०८२
in विविध, समाचार
0
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बु क्षेत्र सुनसान
67
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।

तापक्रममा आएको गिरावट र चिसो हावाका कारण मानिसहरूको दैनिक जीवन मात्र प्रभावित भएको छैन, यसले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारेको छ।

विराटनगरस्थित कोशी अस्पतालमा मात्रै पछिल्लो समय टाउको दुखाइका बिरामीहरूको चाप बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसममा शरीरको तापक्रम सन्तुलन बिग्रनु र रक्तसञ्चार प्रणालीमा आउने अवरोधले टाउको दुख्ने समस्या निम्त्याउँछ।

चिसोका कारण रक्तनलीहरू खुम्चिने हुँदा टाउकोतर्फ हुने रक्तप्रवाहमा कमी आउँछ, जसले गर्दा मानिसले टाउको भारी भएको वा च्यापिएको जस्तो महसुस गर्छन्।

जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसले पानी कम पिउने गर्छन्, तर शरीरमा हुने पानीको अभाव (डिहाइड्रेशन) नै टाउको दुखाइको प्रमुख कारण बन्ने गरेको छ।

विशेषगरी मोटरसाइकल चालक, राति चिसोमा सुत्नेहरू र लामो समय एउटै आसनमा बसेर काम गर्ने व्यक्तिहरू यो समस्याबाट बढी पीडित छन्।

चिसो हावाले घाँटी र काँधको मांसपेशी कडा बनाउँदा टाउकोको पछाडिको भागबाट दुखाइ सुरु भएर अगाडिसम्म फैलिने गर्छ।

यसबाहेक साइनसको समस्या भएका व्यक्तिहरूमा नाक बन्द हुने, आँखाको वरिपरि दुख्ने र अनुहार भारी हुने लक्षण देखिन्छन्। माइग्रेनका बिरामीहरूका लागि त यो मौसम झनै चुनौतीपूर्ण छ, जहाँ चिसो हावा र निद्राको गडबडीले दुखाइलाई थप तीव्र बनाउँछ।

चिकित्सकहरूका अनुसार जाडोमा घाम कम ताप्दा हुने भिटामिन ‘डी’ को कमीले पनि मांसपेशी दुखाइ र थकान बढाउँछ।

उच्च रक्तचाप भएका व्यक्ति, वृद्धवृद्धा र मोबाइल-कम्प्युटरमा बढी समय बिताउनेहरू यो जोखिमको अग्रपङ्क्तिमा छन्।

डा. खड्काले सामान्य टाउको दुखाइ भनेर बेवास्ता नगर्न चेतावनी दिएका छन्। यदि औषधि खाँदा पनि निको नभएमा, दृष्टि धमिलो भएमा वा ज्वरोसँगै टाउको दुखेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

यो समस्याबाट बच्नका लागि प्रशस्त पानी पिउने, न्यानो कपडाले घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने र हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ।

खानपान र जीवनशैलीमा सानो सुधार ल्याउन सके जाडोमा हुने यस्ता स्वास्थ्य समस्याबाट सजिलै जोगिन सकिन्छ।

Tags: #विराटनगरचिसोशीतलहर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.