भोजपुर : भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा तन्नामा बेरिएर एक बालिकाको मृत्यु भएको छ। आज टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
पीङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा नभएकाले उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए।
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ
इटहरी । पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...











Discussion about this post