इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शुक्रबार (आज)देखि लागू हुने गरी मूल्य समायोजन गरेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।














Discussion about this post