Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जलवायु परिवर्तनको चपेटामा सगरमाथा, दीर्घकालीन रणनीतिमा जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ६, २०८२
in समाचार
0
जलवायु परिवर्तनको चपेटामा सगरमाथा, दीर्घकालीन रणनीतिमा जोड
61
SHARES
Share on FacebookShare on Twitter

सगरमाथा क्षेत्रलाई वातावरणीय रूपमा सुरक्षित, आर्थिक रूपमा आत्मनिर्भर र सामाजिक रूपमा समावेशी बनाउने गरी रणनीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

‘जीवन्त सगरमाथा : नेपालको पर्वतीय उद्यमशील लगानी’ भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक विविधता संरक्षण, स्थानीय समुदायको सशक्त भूमिका र सम्पूर्ण निकायबीचको सहकार्य बारेमा सरोकारवालाहरूले जोड दिएका हुन् ।

वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)को संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सगरमाथा क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, फोहोर व्यवस्थापनको जटिलता, अव्यवस्थित पर्यटन, तथा स्थानीय समुदायको जीवनस्तरमा परेको नकारात्मक प्रभाव समाधान गर्न साझा प्रयास आवश्यक रहेको विषयमा छलफल गरेका छन् ।

कार्यक्रममा भुटान तथा नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का प्रमुख केन शिमिजुले ‘जीवन्त सगरमाथा’ रणनीतिलाई अन्तर्राष्ट्रिय पर्वतीय वकालतका लागि महत्वपूर्ण र समयसापेक्ष दस्तावेजका रूपमा व्याख्या गरे ।

रणनीतिलाई कागजमै सीमित नराखी व्यवहारमा उतार्न पर्याप्त, समर्पित र दीर्घकालीन वित्तीय लगानी अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

ईसीमोडका महानिर्देशक डा. पेमा ग्याम्त्शोले पर्वतीय दिगोपनाका चुनौतीहरू कुनै एक संस्था वा देशले मात्र समाधान गर्न नसक्ने स्पष्ट पारे ।

जलवायु परिवर्तन, जैविक विविधताको क्षय, पानीको सङ्कट र समुदायको जीविकोपार्जन अन्तरसम्बन्धित भएकाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यसहितको साझा दृष्टिकोण आवश्यक रहेको बताए ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घकी आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले सगरमाथालाई नेपालको मात्र नभइ क्षेत्रीय तथा विश्वव्यापी सम्पत्तिका रूपमा व्याख्या गर्दै यसको संरक्षण र दिगो विकासलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउन आग्रह गरे ।

वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईंले पर्वतीय दिगोपन रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सहकार्यलाई थप सुदृढ बनाउने घोषणा गरे ।

पर्वतीय दिगोपनाका विषयहरू बहुआयामिक भएकाले एकल मन्त्रालयको प्रयास पर्याप्त नहुने उल्लेख गर्दै उनले नीतिगत समन्वय, साझा कार्ययोजना र स्पष्ट जिम्मेवारी बाँडफाँड अपरिहार्य रहेको बताए ।

मन्त्री चौलागाईँले रणनीति कार्यान्वयनको क्रममा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिने, प्रगति मापनका लागि स्पष्ट सूचक र समयरेखा तय गरिने जानकारी दिए ।

जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, जलस्रोत व्यवस्थापन र दिगो पर्वतीय अर्थतन्त्र एक–आपसमा गहिरो रूपमा जोडिएका विषय भएकाले सबैको प्रयासबिना अपेक्षित नतिजा प्राप्त हुन नसक्ने उनको भनाइ थियो ।

सरकारले रणनीतिलाई व्यवहारमा उतार्न पूर्ण प्रतिबद्धता जनाएको भन्दै उनले सबै सरोकारवाला पक्षलाई सहकार्यका लागि अघि बढ्न आह्वान गरे ।

Tags: जलवायु परिवर्तन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.