Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा

रासस by रासस
माघ ११, २०८२
in विविध, समाचार
0
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना
56
SHARES
Share on FacebookShare on Twitter

झापा : झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ ।

हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान (पार्क) अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक गन्तव्य बन्दै गएको छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र ऐतिहासिक स्मृतिको सङ्गम बनेको यो सिमसार क्षेत्रलाई स्थानीयले गर्वका साथ ‘झापाको हरित मुटु’ भन्न थालेका छन् ।

हल्दिबारी, भद्रपुर र बिर्तामोड तीनवटै पालिकाको सङ्गमस्थलमा करिब ९६ हेक्टर क्षेत्रमा फैलिएको यो सिमसार वनभोज, पारिवारिक घुमफिर, विद्यार्थी अध्ययन भ्रमण र प्रकृति अवलोकनका लागि उपयुक्त स्थलका रूपमा विकास हुँदैछ ।

विशेषगरी हिउँद र वसन्तयाममा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

केही वर्षअघिसम्म झाडी र जङ्गलले ढाकिएको यो क्षेत्र आज व्यवस्थित पर्यटकीयस्थलको पहिचान बनाउँदैछ । भेलागुढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्यप्रसाद लम्साल भन्छन्, “पहिले यहाँ खासै मान्छे आउँदैनथे, स्थानीय सरकारले गुरुयोजना बनाएर काम थालेपछि भेलागुढी चिनिन थाल्यो ।”

यहाँ हाल २८ टहराघर, खानेपानीको व्यवस्था र प्रत्येक टहरामा विद्युतीकरण गरिएको छ । विद्युतीय सुविधाले वनभोजका समूहलाई आवश्यक उपकरण प्रयोग गर्न सहज बनाएको अध्यक्ष लम्साल बताउँछन् ।

उनका अनुसार हाल बिदाको दिन २० देखि २५ समूह पिकनिक मनाउन यो ठाउँमा आउने गरेका छन् भने अन्य दिनमा समेत यहाँ आएकै हुन्छन् ।

झापाकै दमकबाट महिला समूहसहित पिकनिक खान आएकी प्रमिला राजवंशीले भेलागुढीबारे ‘टिकटक’बाट थाहा पाएको बताइन् ।

“हाम्रो सहकारीको अर्को समूह पहिले नै आएर गइसकेको रहेछ, त्यसैले हामी पनि आयौँ”, उनी भन्छिन्, “यति राम्रो ठाउँ हाम्रो जिल्लामै रहेछ भन्ने थाहा पाएर खुसी लाग्यो ।”

अर्जुनधाराबाट विद्यालय आएका कक्षा ११ का विद्यार्थी विराज हुमागाईँ पनि उत्साहित देखिए।

“झापामै यस्तो रमाइलो र शान्त वातावरण पाउँदा निकै खुसी लाग्यो”, उनी भन्छन्, “टाढा जानु नपरी आफ्नै नजिक यस्तो गन्तव्य हुनु राम्रो कुरा हो ।”

भेलागुढी सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सपना भने नयाँ होइन । भेलागुढी सिमसार क्षेत्र विकास उपभोक्ता समितिका पूर्वअध्यक्ष नारायणप्रसाद लुइँटेल २०६४ सालमै यसको सम्भावना देखेर काम सुरु गरिएको स्मरण गर्नुहुन्छ ।

“त्यतिबेला भूमिसुधार कार्यालयबाट रु एक लाख बजेट ल्याएर संरक्षण र विकासको सुरुआत गरेका थियौँ, तर बजेट अभावले काम निरन्तर हुन सकेन”, उनी भन्छन् ।

संविधान जारी भएसँगै भने स्थानीय सरकारको प्राथमिकतामा सिमसार परेको छ ।

हल्दिबारी गाउँपालिकाले २०७६ सालदेखि गुरुयोजना बनाएर चरणबद्ध रूपमा पूर्वाधार निर्माण सुरु गरेको पूर्वअध्यक्ष लुइँटेल बताउँछन् ।

सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा भेलागुढी सिमसारमा हालसम्म उल्लेख्य लगानी भइसकेको छ । सङ्घीय सरकारअन्तर्गत पर्यटन प्रवर्द्धन साझेदारी कार्यक्रमबाट रु एक करोड ३० लाख, प्रदेश सरकारबाट ५० लाख र पालिकाबाट थप बजेट लगानी गरिएको अध्यक्ष लम्साल बताउँछन् ।

हालसम्म रु आठ करोड ३९ लाखको ‘इस्टिमेट’ अनुसार सामुदायिक सङ्ग्रहालय, झाडी सफाइ, तारबार, बाटो विस्तार, देउनियाँ खोलामा तटबन्ध, काठेपुल, पोखरी तटबन्ध, रिङरोड, सामुदायिक भवन र शौचालय निर्माणजस्ता काम सम्पन्न भएको उनले बताए ।

तर आर्थिक वर्ष २०७६/७७ मा विनियोजित रु पाँच करोडको योजना अधुरै रहेको अध्यक्ष लम्सालले जानकारी दिए ।

“ठेक्का पाएको कम्पनीले जिपलाइन, फोहोरा, तटबन्धलगायत संरचना पूरा गरेको छैन”, उनले भने, “यी काम पूरा भए भेलागुढी अझ आकर्षक बन्ने थियो ।”

सिमसार व्यवस्थित बन्दै जाँदा स्थानीयका लागि रोजगारीको अवसर पनि खुलेका छन् । जोसना गिरी भन्छिन्, “पर्यटक बढेपछि चिया, खाजा र साना व्यापारको सम्भावना देखिएको छ । अधुरा योजनाका काम पूरा भए युवाले गाउँमै केही गर्ने अवसर पाउन सक्छन् ।”

भेलागुढी केवल घुम्ने ठाउँमात्र होइन, जैविक विविधताको दृष्टिले पनि महत्त्वपूर्ण छ । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, जलचर र वनस्पति पाइन्छन् । सहिद स्मारक पार्कले यस क्षेत्रलाई ऐतिहासिक र भावनात्मक महत्व पनि दिएको छ ।

स्थानीय कुमार क्षेत्रीका अनुसार उचित पूर्वाधार, पहुँच र प्रचारप्रसार भए भेलागुढी सिमसार झापाकै प्रमुख आन्तरिक पर्यटन केन्द्र बन्न सक्छ । बिर्तामोड र भद्रपुरजस्ता सहर नजिक हुनु यसको ठुलो फाइदा रहेको उनको भनाइ थियो ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक स्मृति र स्थानीयको मेहनत मिसिएको भेलागुढी सिमसार आज सम्भावनाको ढोकामा उभिएको छ ।

बाँकी संरचना पूरा भई दिगो व्यवस्थापन हुन सके यो सिमसार साँच्चै झापाको हरित मुटुका रूपमा स्थापित हुनेमा स्थानीय विश्वस्त देखिन्छन् ।

Tags: #झापा#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.