Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीका अस्पतालमा रगतको अभाव, समयमा उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा

रासस by रासस
चैत्र ५, २०८२
in समाचार
0
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन
64
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो ।

चिकित्सकले तत्काल रगतको खोजी गर्न भने । सोही अनुसार रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्दा त्यहाँ मौज्दात नभएपछि उनी रक्तदाताको खोजीमा भौतारिए ।

“चिकित्सकले तुरुन्तै रगत चाहिन्छ भन्नुभयो, तर रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव छ भन्ने जानकारी पाएँ”, थापाले भने, “त्यसपछि हामीले सामाजिक सञ्जाल फेसबुकमा रगतको व्यवस्थापनका लागि सन्देश हाल्यौँ, साथीभाइलाई फोन गर्यौँ, तर समयमा रगत पाउन निकै गाह्रो भयो । उक्त समयमा हामीलाई सबैभन्दा ठूलो डर बिरामीको ज्यानको हुने रहेछ । रगत खोज्दै दौडधुप गर्दा निकै तनाव भयो ।”

कोशी अस्पतालमा उपचारका लागि आएका अर्का एक बिरामीका आफन्तले पनि यस्तै समस्या सुनाए ।

“अस्पतालमा रगतको व्यवस्था होला भन्ने सोचेका थियौँ”, उनले भने, “तर अन्तिममा आफैँले खोज्नुपर्दा निकै अप्ठ्यारो भयो । यस्तो अवस्थामा बिरामीको परिवार झन् मानसिक दबाबमा पर्ने रहेछ ।”

रमेशको जस्तै अवस्था अहिले कोशी प्रदेशका प्रमुख अस्पतालहरूमा उपचार गराइरहेका सयौँ बिरामीका परिवारले भोगिरहेका छन् । आकस्मिक उपचारका लागि आवश्यक रगत सहज रूपमा उपलब्ध नहुँदा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न बाध्य छन् ।

रगत अभावको समस्या पछिल्लो समय झन् गम्भीर बन्दै गएको छ । आकस्मिक शल्यक्रिया, दुर्घटना तथा प्रसूतिजस्ता अवस्थामा तत्काल रगत आवश्यक पर्ने हुँदा समयमा उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् ।

कोशी प्रदेशका सरकारी तथा निजी अस्पतालमा आवश्यक परिमाणमा रगत उपलब्ध नहुँदा आकस्मिक अवस्थामा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न सडक र ‘फेसबुक’का भित्ताहरूमा निस्कनुपर्ने अवस्था दिनप्रतिदिन बढ्दै गएको छ ।

रगत व्यवस्थापनको यो चुनौती अहिले गम्भीर समस्याका रूपमा देखिएको हाम्रो अस्पताल विराटनगरका सञ्चालकसमेत रहेका निजी अस्पताल एसोसिएसन (अफिन) का अध्यक्ष डा शङ्करप्रसाद अधिकारीले बताए ।

उनका अनुसार रक्तसञ्चार सेवा केन्द्रहरूमा रगतको पर्याप्त भण्डारण (स्टोरेज) नहुँदा अस्पतालहरूले आकस्मिक बाहेकका बिरामीका आफन्तलाई आफैँ रगत व्यवस्थापन गर्न वा साट्न (एक्सचेन्ज) आग्रह गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

“अहिलेको अवस्थामा अस्पतालहरूले ‘सब्स्टिच्युट’ वा साटासाटको अवधारणा अपनाउनुपरेको छ”, डा‍‍.अधिकारीले भने, “यदि बिरामीलाई चाहिएको निश्चित समूहको रगत उपलब्ध छैन भने, अर्को कुनै पनि समूहको रगत दिएर साट्न सकिने व्यवस्था मिलाइएको छ ताकि रगतकै अभावमा उपचार नरोकिने वातावरण बनोस् ।”

बिरामीका आफन्तले रगत व्यवस्थापन गर्दा अस्पताल व्यवस्थापनलाई केही सहजता भए पनि सडक दुर्घटना (आरटिए) जस्ता तत्काल रगत चाहिने आकस्मिक अवस्थामा भने अझै पनि ठूलो जोखिम र चुनौती कायम रहेको उनको बुझाइ छ ।

क्षेत्रीय स्तरमा रगतको केन्द्रीकृत व्यवस्थापन (सेन्ट्रलाइज्ड म्यानेजमेन्ट) हुनुपर्नेमा डा.अधिकारीले जोड दिए । धेरैजसो साना अस्पतालहरूमा आफ्नै ‘ब्लड बैङ्क’ नहुने र उनीहरू रेडक्रस, नोबेल वा विराटनगरका ठूला संस्थामा निर्भर रहनुपर्ने बाध्यता छ ।

“सबै साना अस्पतालमा ब्लड बैङ्क राख्दा रगत खपत नभए खेर जाने जोखिम रहन्छ”, उनले भने, “त्यसैले एउटै बलियो र केन्द्रीकृत व्यवस्थापन बढी प्रभावकारी हुन्छ ।”

विराटनगरस्थित प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा बिरामीको चापसँगै उपचारमा आउनेले दैनिक रगतको अभावको समस्या भोग्नु परेको स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा.अन्जु देवले जानकारी दिइन् ।

प्रसूति र सर्जरी सेवा अत्यन्तै आपत्कालीन हुने भएकाले रगत अभाव हुँदा यो विभाग सबैभन्दा बढी समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

“हामी कहाँ प्रसूति र शल्यक्रियाका बिरामीमा रगतको अत्यधिक आवश्यकता हुन्छ”, डा.देवले भनिन्, “तर अभावका कारण कतिपय अवस्थामा बिरामी भर्ना गर्नुअघि एक पोका रगतको व्यवस्था गर्न लगाउनुपर्ने बाध्यता छ ।” उनका अनुसार अस्पतालको आफ्नै ब्लड बैङ्क नहुँदा रेडक्रसमा निर्भर हुनुपर्ने अवस्था छ ।

“कहिलेकाहीँ निजी अस्पतालहरूले आफ्ना बिरामीलाई प्राथमिकता दिँदा आर्थिक अवस्था कमजोर भएका, पहुँच कम भएका बिरामी मारमा पर्छन्”, उनले भनिन् ।

डा.देवले प्रसूति सेवालाई अत्यन्तै संवेदनशील र आकस्मिक सेवा मानिने उल्लेख गर्दै रगतको व्यवस्था समयमै हुन नसके आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्नसक्ने अवस्था पनि आउने बताइन् ।

प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि एक हजार युनिटसम्म रगतको माग हुने गरेको छ । विशेषगरी मोरङ जिल्लाका अस्पतालहरूमा रगतको माग अत्यधिक हुने गरेको उनको भनाइ छ ।

“प्रदेशकै जेठो र ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा टाढाका जिल्लाहरू र छिमेकी भारतीय सहरबाट समेत बिरामी उपचारका लागि आउने भएकाले यहाँ रगतको माग अत्यधिक देखिन्छ”, यादवले भने, “त्यसमाथि पनि पछिल्लो समय निर्वाचन जस्ता राजनीतिक गतिविधिमा मानिस केन्द्रित हुँदा नियमित रक्तदान कार्यक्रम ओझेलमा परेका छन्, जसका कारण सङ्कलनमा आएको गिरावटले अभावलाई अझ चर्काएको छ ।”

विराटनगरमा रगतको चरम अभाव देखिएका बेला झापा वा धरान जस्ता छिमेकी सहरबाट रगत मगाएर व्यवस्थापन गर्ने प्रयास गरिएको यादवले बताए । सङ्कलन कम भएकाले कुनै एउटा समूहको मात्र नभई सबै समूहका रगत अभाव हुने जोखिम सधैँ कायम रहने उनको भनाइ छ ।

यस समस्याको दीर्घकालीन समाधानका लागि समाजमा ‘नियमित रक्तदान संस्कृति’ को विकास अपरिहार्य रहेको सरोकार भएकाहरू बताउँछन् ।

Tags: #रासस#विराटनगरकोशी अस्पतालरगतको अभाव
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.