Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ‘कोशी मिडिया समिट’ : १४ बुँदे घोषणापत्र जारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०८२
in समाचार
0
इटहरीमा ‘कोशी मिडिया समिट’ : १४ बुँदे घोषणापत्र जारी
71
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशको इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ले पत्रकारिता, विज्ञापन बजार तथा सञ्चार उद्योगका विविध पक्ष समेट्दै १४ बुँदे ‘कोशी घोषणापत्र’ जारी गरेको छ।

नयन एड्भरटाइजिङ मिडिया प्रालिको आयोजनामा तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ सुनसरीको संयोजनमा सम्पन्न समिटमा पेशागत संघ–संगठनका नेतृत्वकर्ता, सञ्चारकर्मी, मिडिया सञ्चालक, विज्ञापन एजेन्सी र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कोशी प्रदेशको पत्रकारिता र सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा समाधानका उपायबारे गहन छलफल गरिएको थियो।

जारी घोषणापत्रमा नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रभावकारी कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका सुदृढ गर्न माग गरिएको छ। साथै पत्रकारमाथि हुने आक्रमण र धम्कीका घटनामा संलग्नलाई कारबाही गर्दै पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गरिएको छ।

सम्मेलनले सूचना विभागबाट वितरण हुने प्रेस पासलाई सहज बनाउने, यसको दुरुपयोग रोक्ने, तथा सम्पादकीय स्वतन्त्रता र समाचार कक्षको स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। मर्यादित पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल नेपालको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने माग पनि गरिएको छ।

‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेसन’ बढ्दै गएको सन्दर्भमा पत्रकारहरूलाई अझ जिम्मेवार र विश्वसनीय बन्न आग्रह गर्दै आचारसंहिताको पूर्ण पालना गर्ने तथा समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

सूचना प्रविधिको विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेकाले यससम्बन्धी नयाँ बहस आवश्यक रहेको निष्कर्ष पनि सम्मेलनले निकालेको छ।

त्यस्तै, सामाजिक सञ्जाल, कन्टेन्ट क्रिएटर र पत्रकारबीचको भिन्नता स्पष्ट पार्न मिडिया साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

सरकारी विज्ञापन वितरणलाई समानुपातिक र समावेशी बनाउन तथा संकटमा रहेका सञ्चारगृहलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउन पनि माग गरिएको छ।

घोषणापत्रमा लोककल्याणकारी विज्ञापनमा लाग्ने कर छुट, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लगायतका विषय समेटिएका छन्। साथै लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पेशागत संगठनहरूलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कोशी प्रदेश सरकारले सञ्चालन गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ सफल पार्न तथा प्रदेशको समग्र विकास र समृद्धिका लागि पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्धता पनि सम्मेलनले जनाएको छ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्का घोषणापत्र समितिका संयोजक थिए भने सदस्यहरूमा हिमाल दाहाल र शिशिर भट्टराई रहेका थिए।

उक्त कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्य, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाललगायतले बोलेका थिए ।

यसैगरी पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कार्यपत्र प्रस्तुत गरेका थिए भने महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले कार्यक्रममाथि प्रकाश पारे ।

कार्यक्रम नयन एड्भरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

यस्तो छ घोषणापत्रको बुँदाहरू :

१. नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको अवस्थामा संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने उपयुक्त र अनुकुल वातावरण बनाउने गरी भूमिका निर्वाह गर्न यो मिडिया समिट माग गर्दछ ।

२. अनुकुलका समाचार प्रकाशन÷प्रशारण नगरेको निहुँमा विभिन्न मिडिया र पत्रकारमाथि भौतिक आक्रमण तथा धाकधम्कीका घटनाहरू भइरहेका छन् । यस्ता घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकारसँग यो सम्मेलन जोडदार माग गर्दछ ।

३. सूचना विभागबाट पत्रकारहरुलाई प्रदान गर्दै आएको प्रेस पासलाई सहज ढंगले प्रदान गर्ने वातावरण मिलाउन र प्रेस पासको दुरुपयोग रोक्न सम्मेलन माग गर्दछ ।

४. सम्पादकीय स्वतन्त्रतालाई दृढतापूर्वक कार्यान्वयन गर्नको लागि वातावरण तयार गर्न सम्मेलन माग गर्दछ । साथै, समाचार कक्षको स्वतन्त्रताका लागि पनि उपयुक्त वातावरण मिलाउन सम्मेलनको निश्कर्ष रहेको छ ।

५. मर्यादित पत्रकारिताको विकासका लागि अझ प्रभावकारी भूमिका खेल्न प्रेस काउन्सिल नेपालसँग यो सम्मेलन माग गर्दछ ।

६. ‘मिस इन्फर्मेसन र डिस इन्फर्मेसन’को बाढी आइरहेको बेला पत्रकारहरुले थप विश्वसनीय र जवाफदेहि भएर काम गर्नुपर्नेमा सम्मेलनले निष्कर्ष निकाल्यो । सम्पूर्ण पत्रकारले आचारसंहिताको पूर्ण पालना गर्ने संकल्प गर्दै पत्रकार आचारसंहितालाई समय सापेक्ष परिमार्जन र परिस्कृत गर्न यो सम्मेलन माग गर्दछ ।

७. सूचना प्रविधिमा आएको विकाससँगै पत्रकारिताको अर्थ, मान्यता र प्रक्रिया पनि प्रभावित भएको कुरा अस्वीकार गर्न सकिदैन् । यस पृष्ठभूमिमा पत्रकारितासँग सम्बन्धित आचारसंहिता सम्बन्धमा नयाँ ढंगले छलफल गर्नुपर्ने सम्मेलनले निश्कर्ष निकाल्यो ।

८. सामाजिक सञ्जाल र मिडिया तथा ‘कन्टेन्ट क्रिएटर’ र पत्रकारबिचको भेदलाई बुझाउने गरि मिडिया साक्षरता र चेतनामूलक अभियान सञ्चालन गर्न सरकारी नियमनकारी निकाय तथा सरोकारावाला पक्ष सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकतामा सम्मेलन जोड दिन्छ ।

९. सरकारले वितरण गर्दै आएको विज्ञापन वितरणलाई समानुपातिक र समावेशी बनाउन माग गर्दछ । साथै संकटमा रहेका सञ्चार गृहलाई सरकारले अनुदान तथा ‘सफ्ट लोन’को व्यवस्था गर्न सम्मेलन माग गर्दछ ।

१०. विज्ञापन बोर्डमार्फत लोककल्यणकारी विज्ञापनमा लाग्दै आएको कर छुट गर्न सम्मेलन माग गर्दछ ।

११. सञ्चारगृहलगायत सरोकारवाला निकायहरुले श्रमजीवी पत्रकार ऐन तथा नियमावली लागू भए नभएको अनुगमन गरि त्यस्ता कानुनको सम्बन्धित निकायले सिघ्र लागू गर्नुपर्ने सम्मेलन माग गर्दछ ।

१२. सञ्चारगृहहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भई श्रमजीवी पत्रकारहरूको सामाजिक सुरक्षाको सुनिश्चित गर्न यो सम्मेलन माग गर्दछ ।

१३. लोकतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्तिका साथै प्रेस स्वतन्त्रताको रक्षार्थ पेशागत संगठनहरूलाई थप सशक्त बनाउने संकल्प यो सम्मेलनले लिएको छ ।

१४. कोशी प्रदेश सरकारको वार्षिक कार्यक्रम कोशी पर्यटन वर्ष २०८२ को अन्तिम चरणमा आइ पुगेकाले गर्दा यसलाई सफल बनाउन र समग्र कोशी प्रदेशको विकास र समृद्धिका लागि पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्धता यो सम्मेलनले जनाएको छ । पूर्वकै केन्द्रमा पर्ने इटहरीको समग्र दिगो विकासमा पनि पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्दता सम्मेलनले गर्दछ ।

Tags: #पत्रकारपवन अधिकारीमिडिया समिट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म
FEATURE BREAKING

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ। घटनाको...

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा
पर्यावरण

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

विराटनगर : विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई...

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1502 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.