इटहरी : गत भदौ २९ गते इटहरी ५ कि गीता भट्टराई झुण्डिएको अवस्थामा मृत फेला परिन् ।
साहित्यकार समेत रहेकि भट्टराईको मृत्युको कारण तत्काल नखुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको आत्महत्या नै भएको र आत्महत्याको कारण डिप्रेसन रहेको निश्कर्ष निकालेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले भट्टराई डिप्रेसनमा रहेको र उनको आत्महत्या डिप्रेसन नै रहेको प्रतिक्रिया दिए ।
उनले टाकुरासँग भने, ‘अहिलेसम्म घटनाबारे हामीले अनुसन्धान गर्दा डिप्रेसनकै कारण हो भन्ने बुझेका छौँ, कतिपय सुसाइटको कारण नै खुल्दैन ।’
कसले कतिखेर के कारण आत्महत्या गर्छन् भन्ने खुल्न मुस्किल पर्ने भएपनि ती महिलाले डिप्रेसनको औषधी प्रयोग गर्दै आएकाले घटना हुनुमा डिप्रेसन नै रहेको प्रहरीको निश्कर्ष छ ।
परिवारसँग सोधपुछ गर्दा उनी के कारणले डिप्रेसनमा पुगिन् भन्नेबारे केही पनि नखुलेको केसीले बताए ।
‘कतिपय अवस्थामा सुसाइट हुनुका कारणहरु खुल्छन्, तर यो केसमा भने डिप्रेसन नै हो भन्ने हाम्रो निश्कर्ष छ,’ उनले भने, ‘यो आत्महत्या नै हो, अरु संकास्पद घटना त्यस्तो केही पनि छैन ।’












Discussion about this post