Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मानसिक स्वास्थ्य सुधारमा विराटनगर महानगरको अग्रसरता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २४, २०८२
in समाचार
0
मानसिक स्वास्थ्य सुधारमा विराटनगर महानगरको अग्रसरता
61
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न स्थानीय तहले सक्रियता बढाउन थालेका छन् ।

यही सन्दर्भमा विराटनगर महानगरपालिकाले ‘कोसिस नेपाल’सँगको सहकार्यमा मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै समस्या समाधानका बहुआयामिक उपायहरूमा जोड दिएको छ ।

कार्यक्रममा वक्ताहरूले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको आधार मान्दै मानसिक अवस्था सुदृढ भएमा शारीरिक तथा सामाजिक स्वास्थ्य स्वतः सन्तुलित हुने धारणा राखे ।

तर, नेपालमा पर्याप्त मनोचिकित्सक र परामर्शदाताको अभावका कारण समस्या पहिचान र उपचारमा चुनौती देखिएको उनीहरूको भनाइ थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले मानसिक स्वास्थ्यलाई दीर्घकालीन सामाजिक चुनौतीका रूपमा व्याख्या गर्दै हरेक व्यक्तिमा कुनै न कुनै स्तरको मानसिक समस्या देखिने गरेको उल्लेख गरे ।

उनले मानसिक समस्या भएका व्यक्तिहरू खुलेर आफ्ना समस्या साझा नगर्ने प्रवृत्तिले समस्या झन् जटिल बनाएको बताए ।

महानगरले यसअघि पनि मानसिक स्वास्थ्य क्षेत्रमा सीमित बजेटमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी आर्थिक वर्षमा यस क्षेत्रको बजेट वृद्धि गरिने उनले स्पष्ट पारे ।

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना ल्याइनेछ,’ दुलालले भने ।

महानगरको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत रमेश कार्कीले पछिल्लो समय विराटनगरमा डिप्रेसनलगायत मानसिक समस्या भएका बिरामीको संख्या उल्लेख्य रूपमा बढिरहेको जानकारी दिए ।

उनका अनुसार साउनदेखि फागुनसम्म विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट ८ हजार १०६ जनाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिएका छन् ।

‘यो संख्या केवल सेवामा आएका बिरामीको हो, वास्तविक समस्या अझ व्यापक हुन सक्छ,’ उनले भने ।

कार्यक्रममा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, कानुन शाखा प्रमुख शारदा थपलिया, कोशिस नेपालका व्यवस्थापक कृष्ण बर्सौला तथा कर्मचारी थामकुमारी कुँवरलगायतले आर्थिक दबाब, पारिवारिक तनाव, सामाजिक असन्तुलन, बेरोजगारी र डिजिटल जीवनशैलीका कारण मानसिक समस्या तीव्र रूपमा बढ्दै गएको विश्लेषण प्रस्तुत गरेका थिए ।

उनीहरूले विद्यालयस्तरदेखि नै मानसिक स्वास्थ्य शिक्षा, समुदायमा परामर्श सेवा विस्तार, हेल्पलाइन सेवा सुदृढीकरण तथा स्थानीय तह–निजी क्षेत्र–गैरसरकारी संस्थाबीच सहकार्य आवश्यक रहेको औंल्याएका छन् ।

मानसिक स्वास्थ्यलाई अब व्यक्तिगत समस्या होइन, सार्वजनिक स्वास्थ्य र आर्थिक उत्पादकत्वसँग जोडिएको विषयका रूपमा लिनुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिए ।

Tags: #विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा
समाचार

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ का ५ सिताराम गुरुङ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । गुरुङले भरुवा बन्दुक लुकाएर राखेको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना...

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३
जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.