उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–९ मा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
झिलकेटोलबाट राजाबास घरतर्फ जाँदै गरेको स १० प ४७१७ नं. को मोटरसाइकललाई मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–चुहाडे खण्ड राजाबासमा बा ५ ख ६१७ नम्बरको टिपरले ठक्कर दिँदा ३५ वर्षीय हरि दनुवारको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post