Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

रासस by रासस
बैशाख ६, २०८३
in विविध, समाचार
0
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका
51
SHARES
Share on FacebookShare on Twitter

इलाम : सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ। अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी र ३५ शिक्षकलाई सहभागी गराइएको हो।

रचनात्मक लेखन, प्रस्तुतीकरण र आलोचनात्मक विश्लेषणका सन्दर्भमा नियमित दुई वर्ष कक्षा सञ्चालन गरिने सूर्योदय-५ का वडाध्यक्ष उर्गेन बम्जनले बताए। उनका अनुसार विद्यार्थी र शिक्षकको पठन सीप सुधार गर्ने उद्देश्यले पाइला फाउण्डेसन नेपालसँगको सहकार्यमा अभियान सुरु गरिएको हो।

“हामी एक साताको लक्ष्य लिएर प्रत्येक विद्यार्थीलाई कति सहभागी गराउन सकिन्छ सोही अनुसार अगाडि बढ्ने योजना बनाउँछौँ”, वडाध्यक्ष बम्जनले भने, “पहिलो चरणमा कक्षा ७ सम्मका बच्चालाई सहभागी गराइएको छ ।”

अभियानका सहजकर्ता पाइला फाउण्डेसन नेपालका नरेन्द्र नगरकोटीले पठन संस्कृतिलाई आत्मसाथ नगर्दा हाम्रो रचनात्मक क्षमता हराउँदै गएको बताए ।

“बालबच्चाले पुस्तक पढ्ने की नपढ्ने भन्ने कुरा घर, विद्यालय, प्रविधि र समाजले प्रभाव पारिरहेको हुन्छ”, उनले भने, “अभिभावकले किताब पढ्ने बानी नदेखाए बालबालिकाले त्यसलाई महत्व दिन सक्दैन ।”

डिजिटल आकर्षणको प्रभावले पुस्तक अध्ययन गर्ने बानी हराउँदै गएपछि नगरपालिकाले यस वडाबाट अभियान सुरु गरेको कार्यवहाक नगरप्रमुख दुर्गाकुमार बरालले बताए।

“मोबाइलमा खेलिने खेल, भिडियो र सामाजिक सञ्जालले तुरुन्तै रमाइलो दिँदो रहेछ”, उनले भने, “किताबले ध्यान र समय माग्ने भएकाले बच्चाहरू सजिलै डिजिटलतिर तानिएका छन् । यसको सकारात्मक कम नकारात्मक उपयोग बढी हुन थालेको छ । यो अभियान पालिकाभरि सञ्चालन गर्नेबारे छलफल गर्छौँ ।”

पठन संस्कृति जबरजस्ती नहुने भन्दै प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले यो आकर्षणबाट सुरु हुने धारणा राखे । पठन संस्कृतिको विकासका लागि विद्यार्थी मात्रै नभई शिक्षक र अभिभावक जागरुक हुनुपर्ने उनको भनाइ छ ।

“अभ्यास र आकर्षणले पढ्ने बानी सम्भव छ । विद्यालयमा पाठ्यपुस्तकमा सीमित रहेर अध्यापन गराइयो भने अतिरिक्त पठनप्रति रुची हुँदैन”, उनले भने।

Tags: #राससइलामपठन संस्कृति
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
FEATURE BREAKING

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी  : धरान उपमहानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा
खेलकुद

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी : १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा गाँजा बोकेको स्कारपियो गाडीसहित तीन जना पक्राउ

बैशाख ६, २०८३
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु, २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी

बैशाख ६, २०८३
इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1294 shares
    Share 518 Tweet 324
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन