Thursday, April 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

रासस by रासस
बैशाख १०, २०८३
in समाचार
0
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
52
SHARES
Share on FacebookShare on Twitter

झापा : एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन् ।

घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जङ्गली हात्तीले दुःख दिन थालेको स्थानीयवासीको गुनासो छ ।

जीर्ण घेराबेरा मर्मत गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत तीन वटा निकायले चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्ने गरी ३० लाख रुपैयाँ बजेट दिएका छन् ।

मेचीनगरको नकलबन्दादेखि बाहुनडाँगीसम्म भारतसँग सीमा जोडिएको १८ किलोमिटर क्षेत्रमा विसं २०७२ मा विश्व बैङ्कको एक करोड २० लाख रुपैयाँ लगानी र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा अफसेट प्रविधियुक्त सौर्य विद्युतीय घेराबारा जडान गरिएको थियो ।

सौर्य घेराबारा प्रभावकारी भएकाले सुरुका वर्षहरूमा भारतबाट बथानमा नेपाल आउन खोज्ने जङ्गली हात्ती सीमामै रोकिएका थिए ।

तर, घेराबाराको नियमित मर्मतसम्भार हुन नसक्दा विगत पाँच वर्षयता बाहुनडाँगीबाट निर्बाध प्रवेश गर्ने हात्तीले जनधनको क्षति पुर्‍याउँदै आएका छन् ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले सौर्य विद्युतीय घेराबाराको उपकरण मर्मतका लागि बजेट आएपछि स्थानीयवासी हर्षित भएको बताए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मर्मतसम्भारका लागि वन मन्त्रालयले १० लाख रुपैयाँ, राष्ट्रिय प्रकृति संरक्षण कोषले १० लाख रुपैयाँ र मेचीनगर नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

“अठार किलोमिटर दूरीमा रहेको विद्युतीय घेराबारामा १८ स्थानमा ब्याट्रीसहितको उपकरण जडान गरिएका थिए,” अध्यक्ष उप्रेतीले भने, “ती सबै ब्याट्री फेर्नुपर्ने अवस्था छ । गौडाहरूमा विद्युत् प्रवाह हुने तार र खम्बाहरू समेत ढलेका छन् । तिनको पनि मर्मत गर्नैपर्ने हुन्छ ।”

मञ्चमार्फत नै घेराबेरा मर्मत हुने र भारतबाट ब्याट्रीलगायत उपकरण आयातको प्रक्रिया सुरु भइसकेको उप्रेतीले जानकारी दिए ।

भारतको आसाम र पश्चिम बङ्गालको विभिन्न वन्यजन्तु आरक्षण केन्द्रहरुबाट जङ्गली हात्तीहरू नेपाल प्रवेश गर्ने मुख्य स्थान नै मेचीनगरको बाहुनडाँगी हो ।

जहाँ दिनहुँ एक सयको बथानमा हात्ती नेपाल प्रवेश गर्दै आएका छन् । आहार खोज्दै भित्रिने ती हात्तीले झापाको उत्तरी क्षेत्रमा जनधन र बालीको व्यापक क्षति गर्दै आएका छन् ।

विद्युतीय घेराबाराको नियमित मर्मतसम्भारका लागि सरकारले बजेट नदिँदा समस्या बल्झिएको जनाउँदै मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले मर्मतका लागि बजेटको दिगो व्यवस्थापन आवश्यक रहेको बताए ।

“मानव हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्न र सहअस्तित्वको अवधारणाबाट अघि बढ्न बाहुनडाँगीमा विभिन्न असल अभ्यास भइरहेको छ,” उनले भने, “जनधन र बालीको सुरक्षाका लागि युवाको द्रुत परिचालन टोली गठनदेखि बाली बिमाको व्यवस्थामा ध्यान केन्द्रित गरिरहेका छौँ । विद्युतीय घेराबारा मर्मत भएपछि बथानमा भित्रिने हात्ती मेची नदीपारि नै रोकिनेछन् । जसबाट निकै राहत मिल्ने आशा छ ।”

Tags: #झापा#रासस#हात्तीमावन–हात्ती द्वन्द्व
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1358 shares
    Share 543 Tweet 340
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    507 shares
    Share 203 Tweet 127
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन