Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

ग्रामथानको रिपोर्टिङ नगर्नसमेत चेतावनी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
in समाचार
0
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की
101
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको धम्की दिएको घटनाविरुद्ध प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ शाखाका प्रतिनिधिसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय, मोरङमा ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको सुरक्षाका विषयमा गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरेको हो ।

समाचारलाई लिएर असन्तुष्टि भएमा सरोकारवाला निकायसम्म पुग्न सकिने बाटो हुँदाहुँदै पनि पत्रकारमाथि भौतिक आक्रमणमा उत्रिने मनसायका साथ धाकधम्की दिइएको घटनामा छानबिन गर्न माग राख्दै पत्रकारहरूले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

साथै, पत्रकारहरूले ग्रामथान गाउँपालिका प्रमुख नमोनारायण माझीकै सामुन्नेमा यस्तो घटना हुँदा पनि उनले मौनता साँधेको विषय शंकास्पद भएको बताउँदै छानबिन गर्न पनि प्रजिअ कट्टेललाई आग्रह गरेका छन् ।

अध्यक्षकै सामुन्नेमा उत्खननकर्ताहरूले पत्रकारहरूलाई धम्क्याउँदा माझीले परिस्थिति सुल्झाउनुको सट्टा उल्टै जेनजी विद्रोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त कुटाइ खाएको उदाहरण दिँदै जानकारी नै नगराई पत्रकारहरू आउँदा यस्तै हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

उनले अब दोहोर्‍याएर ग्रामथानको रिपोर्टिङ नगर्नसमेत चेतावनी दिएको पत्रकारहरूले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

साथै, अध्यक्ष माझीले आफ्ना आसेपासेलाई ल्याएर धम्की दिएको जनाउँदै यसले उनकै मिलेमतोमा प्राकृतिक स्रोत साधनको चरम दोहन हुने आशंका गरेका छन् ।

ज्ञापनपत्र बुझाउने क्रममा पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले जनप्रतिनिधिकै पत्रकारहरूलाई धम्की दिएर पत्रकारिता जगतको मनोबल गिराउन खोजिएको भन्दै आपत्ति जनाए ।

यस्तै, पत्रकार महासंघ, मोरङका सचिव नेत्र पी अधिकारीले यो घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न आग्रह गर्दै पत्रकारहरूको सुरक्षाका प्रशासनको विशेष भूमिका हुने स्मरण गराए ।

ज्ञापनपत्र बुझ्दै मोरङका प्रजिअ कट्टेलले ग्रामथान अध्यक्ष माझीलाई बोलाएर यस विषयमा सोधपुछ गर्ने आश्वासन दिए ।

प्राकृतिक स्रोत-साधनको दुरुपयोग भएको विषयमा पत्रकारहरूले आवाज उठाएर प्रशासनलाई सघाएको भन्दै प्रशंसा गरेका कट्टेलले खोला खोस्रिएको विषयमा गठित छानबिन समितिले छानबिन गरिरहेको बताए ।

मंगलबार मध्याह्नतिर समाचार संकलनका लागि ग्रामथान-४ स्थित लोहन्द्रा खोला पुगेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलाई ग्रामथान अध्यक्ष नमोनारायण माझीद्वारा परिचालित नौ जनाको समूहले हप्कीदप्की गर्दै ज्यान मार्ने धम्की दिएको थियो ।

पत्रकार महासंघ मोरङका कार्यसमिति सदस्य डुमरलाल मेहताका अनुसार अध्यक्ष माझी आफैँको सामुन्नेमा पत्रकारहरूलाई हातपात गर्ने प्रयास हुँदा पनि सहजीकरण गर्नुको साटो उनले झनै उग्र अभिव्यक्ति दिएका थिए ।

पत्रकारमाथि हात हाल्न उक्साउने खालको उनको अभिव्यक्तिबारे पत्रकारले सोध्दा उल्टै आगामी दिनमा ग्रामथान नटेक्न चेतावनी दिएको रिपोर्टिङमा पुगेका महासंघ सदस्य मोहन ढकालले जानकारी दिए ।

पालिका अध्यक्षले त्यसरी धम्की दिँदा आफूहरूको मनोबल गिरेको बताउँदै उनले यस विषयमा छानबिनको माग गर्दै सुरक्षित रूपमा रिपोर्टिङमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे ।

Tags: #पत्रकारधम्कीमोहन ढकाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन पाँचजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार...

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    327 shares
    Share 131 Tweet 82
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.