Monday, May 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका

रासस by रासस
बैशाख २१, २०८३
in समाचार
0
पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका
52
SHARES
Share on FacebookShare on Twitter

इलाम : फाकफोकथुम गाउँपालिकाभित्र पानीका तीन ठुल–ठुला मुहान् छन् । वडा नं १ पञ्चमीस्थित पाण्डव धारा, पचेवा मुहान र वडा नं ५ लुम्देमा रहेको जलकन्या यहाँका प्रमुख पानीका स्रोत हुन् ।

मुख्य तीन मुहानसहित बागमती सिमसार, ढापसीम पोखरी, लुम्देपोखरी, उत्तरेपोखरी, दारीपाले पोखरीलगायत सिमसार क्षेत्र संरक्षण गर्न गाउँपालिकाले रु एक करोडभन्दा बढी बजेट खर्चेको छ । सिमसार संरक्षणमा कोशी प्रदेश सरकार र स्थानीयको लगानी छ ।

पालिकाले चार वर्षअघि रु १० लाख लगानी गरेर वडा नं ६ हाङवाचुलीमा ढापसीम पोखरी संरक्षण सुरु गरेको हो । यसका लागि कोशी प्रदेश सरकारले रु १५ लाख विनियोजन गरेको थियो । पोखरी विस्तार हुने क्षेत्रको २७ रोपनी जग्गा स्थानीयले निःशुल्क प्रदान गरेका छन् ।

अहिले पोखरीमा बाँध निर्माण गरिएको छ । पोखरी वरिपरिको सडक र विश्राम स्थल निर्माण भइसकेका छन् । पोखरी विस्तार गरी डुङ्गा सञ्चालन गर्ने र आन्तरिक पर्यटकलाई थप आकर्षित गर्न बगैँचा निर्माण, सुरक्षाका लागि रेलिङ निर्माण लगायतका काम गर्ने सोच रहेको स्थानीय भीम श्रेष्ठले बताए।

वडा नम्बर ५ को लुम्देमा पोखरी बनाउन ३३ रोपनी जग्गा खरिद गरिएको छ । दुई वर्षअघि पोखरीसम्म बाटो बनाउन गाउँपालिकाले रु ३० लाख खर्च गरेको थियो । हाल पोखरीको मुहान संरक्षण गर्ने कार्य सकिएको छ । बाँकी काम गर्न प्रदेश सरकारसँग बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले बताए ।

“तेत्तीस रोपनी जग्गा वडाको नाममा किनेका छौँ । सरकारी र किनेको गरेर ४५ रोपनी बढी क्षेत्रफलमा पोखरी छ”, अध्यक्ष खनालले भने, “सीमसार संरक्षण गर्न अभियान चलाएका हौँ । व्यक्ति व्यक्तिले जनही रु २० हजार उठाएर जग्गा किनेका छौँ ।”

इलाममा पानीका स्रोत सुक्दै छन् । अहिले संरक्षण नगरे भविष्यमा सुक्खा क्षेत्र हुने जोखिम भएकाले लगानी बढाइएको अध्यक्ष खनालको भनाइ छ । “हाम्रो अभियान सिमसार संरक्षण गर्नु हो । यसमा प्रदेश सरकारको साथ छ । स्थानीय आफैँ जुटेका छन्”, उनले भने ।

वडा नं ६ स्थित बागमती सिमसार र ढापसीम पोखरी संरक्षण भइरहेको छ । फाकफोकथुम–१ र पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालीकाको सीमा क्षेत्रमा उत्तरे पोखरी छ ।

उक्त पोखरीको संरक्षण फाकफोकथुमले कम फाल्गुनन्दले बढी गरिरहेको छ । तर, पोखरी दुवै पालिकाको सीमामा पर्छ । फाकफोकथुमले दारीपाले पोखरीको संरक्षण भर्खरै सुरु गरेको छ ।

वातावरण संरक्षण गर्दै पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पश्चिमी इलामको फाकफोकथुम गाउँपालिका सिमसार क्षेत्र संरक्षण गर्न जुटेको हो ।

यहाँ पर्याप्त पानीको स्रोत भएको र प्राकृतिक हिसाबले रमणीय ठाउँहरू रहेकाले ग्रामीण पर्यटन विकासको राम्रो सम्भावना रहेको त्यहाँ घुम्न गएकी गायत्री थेगिमले बताइन्।

“रमणीय डाँडाकाँडा, पोखरी, चियाबारी लगायतले फाकफोकथुम पुग्ने जो कोहीका लागि मनमोहक लाग्छ । आजभोलि पोखरी क्षेत्रमा रमाउन पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ”, थेगीमले भनिन् ।

मेची राजमार्गको राँकेबाट करिब आठ किलोमिटर दूरीमा रहेको हाङवाचुली पुग्न सडक पक्की बन्ने क्रममा छ ।

फाकफोकथुम गाउँपालिका इलाम सदरमुकामदेखि ६० किलोमिटर पश्चिममा पर्छ । करिब २० हजार हाराहारी जनसङ्ख्या रहेको उक्त पालिकामा लिम्बू जातिको प्रमुख बसोबास छ । फाकफोकथुम जडिबुटी तथा कृषि उपज उत्पादनको उर्वर भूमि हो ।

Tags: #राससइलामफाकफोकथुम
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना
FEATURE BREAKING

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा भइरहेको हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली कोशी प्रदेशतर्फ सरेको मौसम विभागले जनाएको छ। मौसम...

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’
FEATURE BREAKING

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले बाढी तथा डुबानको समस्या रोक्न पानीको प्राकृतिक बहाव अवरुद्ध...

भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

मोरङमा करेन्ट लागेर एक महिलाको निधन

बैशाख २१, २०८३
खोटाङ : ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जायमान माझकिरात बन्यो बस्ती

खोटाङ : ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जायमान माझकिरात बन्यो बस्ती

बैशाख २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

बैशाख २१, २०८३
सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

बैशाख २१, २०८३
भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1548 shares
    Share 619 Tweet 387
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    619 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.