इटहरी : काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा भइरहेको हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली कोशी प्रदेशतर्फ सरेको मौसम विभागले जनाएको छ।
मौसम पूर्वानुमान शाखाका मौसमविद् सञ्जीव अधिकारीले हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली विस्तारै कोशी प्रदेशतिर अगाडि बढिरहेको जानकारी दिए।
हाल गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सक्रिय रहेको उक्त प्रणाली कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको उनले बताए।
हावाहुरी र चट्याङका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।















Discussion about this post