Sunday, August 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

रासस by रासस
बैशाख २३, २०८३
in समाचार
0
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
64
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : यहाँको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ ।

लामो समयसम्म वैकल्पिक ऊर्जामा निर्भर रहँदै आएका यहाँका बासिन्दा अहिले विद्युत् सेवाको पहुँचमा पुगेका हुन् ।

स्थानीय तहको पहल तथा सम्बन्धित निकायको समन्वयमा गाउँबस्तीमा विद्युत् लाइन विस्तार गरिएसँगै अधिकांश घरमा केन्द्रीय प्रसारण लाइन जडान गरिएको वडाध्यक्ष चन्द्रबहादुर विष्टले बताए ।

धेरै मिहिनेतपछि वडाको सबै टोलबस्तीमा विद्युत् सेवा पुर्याउन सफल भएको उनको भनाइ छ । “वडाका सबै स्थानमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएका छौँ”, उनले भने, “विद्युत् सेवा विस्तार भएपछि गाउँबस्तीमा सहजता थपिएको छ ।”

पहिले दियो, टुकी, सोलारजस्ता वैकल्पिक माध्यममा निर्भर रहनुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीयवासी दीर्घसिंह कार्कीले बताए ।

विद्युत् सेवा उपलब्ध भएपछि घरायसी कामकाजदेखि बालबालिकाको अध्ययन–अध्यापनसम्म सहजता भएको उनको भनाइ छ । “पहिले अँध्यारोमा बस्नुपर्ने अवस्था थियो, अहिले उज्यालो भएपछि धेरै सहज भएको छ”, उनले भने ।

विद्युत् पहुँच विस्तारसँगै सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा समेत वृद्धि भएको छ । टेलिभिजन, मोबाइल चार्जिङ, इन्टरनेट प्रयोगजस्ता सेवामा सहजता आएपछि नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आएको कार्कीले बताए ।

यस्तै, विद्युत् सेवाले साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सकारात्मक प्रभाव पारेको छ । कुटानी–पिसानी मिल, सिलाइ–कटाइ, फर्निचर तथा अन्य उद्यम सञ्चालन गर्न सहज भएपछि स्थानीयस्तरमै रोजगारी सृजना हुने सम्भावना बढेको स्थानीयवासी टङ्कबहादुर दर्जीले बताए ।

विद्युत् पहुँचले स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमासमेत सहजता थपेको उहाँको भनाइ छ । विद्युत् विस्तारले स्वास्थ्य संस्थामा आवश्यक उपकरण सञ्चालन गर्न सहज भएको छ भने विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू गर्ने आधार तयार भएको छ ।

केन्द्रीय विद्युत् विस्तारसँगै खैराङ क्षेत्रका नागरिकको जीवनस्तरमा आएको सुधारले ग्रामीण विकासलाई नयाँ गति दिएको स्थानीयको भनाइ छ ।

Tags: #भोजपुर#राससविद्युत्
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
FEATURE BREAKING

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

मोरङ : मोरङमा शनिबार छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारीमा धानखेतको जमेको पानीमा एक वृद्धको...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

साउन ३०, २०८३
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

भोजपुर : ‘एक घर, एक धारा’पछि सहज भयो डाँडागाउँवासीको दैनिकी

साउन ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.