सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भित्र्याइएका अन्दाजी २ लाख ३४ हजार ५ सय ५९ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post