इटहरी : राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा एक महिनामै सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले एसईई समापन भएको एक महिनामै नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।
एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष भने ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यस वर्षको एसईईमा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए । परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो ।
जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।
बोर्डले तोकेको आधिकारिक वेबसाइटहरू जस्तै see.gov.np, neb.gov.np, see.ntc.net.np लगायतबाट सिम्बोल नम्बर प्रविष्ट गरी नतिजा हेर्न सकिनेछ ।
SMS सेवा, IVR तथा मोबाइल एपमार्फत पनि परिणाम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।















Discussion about this post