इटहरी : झुम्का कारागारबाट फरार भएका एक जना कैदी पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा थुनामा रहेका जिल्ला मोरङ बुढीगंगा गाउँपालिका–४ निवासी २९ वर्षीय नखुदिन मियाँ पक्राउ परेका हुन्।
प्रहरीका अनुसार मिया मिति २०८२ साल भदौ २४ गते कारागारभित्रबाट जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। फरार भएपछि उनको खोजतलास जारी राखिएको थियो।
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा बुधवार राति करिब ८ः३० बजेतिर बुढीगंगा गाउँपालिका–४ स्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका मियाँलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको प्रहरीले जनाएको छ। उनलाई पुनः कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post