Thursday, October 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चार दशकपछि एमालेसँग रामप्रसाद चौलागाईंको राजनीतिक ‘ब्रेकअप’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १, २०८३
in समाचार
0
चार दशकपछि एमालेसँग रामप्रसाद चौलागाईंको राजनीतिक ‘ब्रेकअप’
134
SHARES
Share on FacebookShare on Twitter

इटहरी : रामप्रसाद चौलागाईंले चार दशकभन्दा लामो राजनीतिक यात्रापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेका छन्।

एमाले कोशी प्रदेश समितिका पूर्व सदस्यसमेत रहेका चौलागाईंले शुक्रबार (आज) सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको सार्वजनिक घोषणा गरेका हुन्।

इटहरीको राजनीतिक वृत्तमा प्रभावशाली नेताका रूपमा चिनिने चौलागाईंले २०३७ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा स्ववियु सभापतिमा निर्वाचित हुँदै उनले औपचारिक राजनीतिक यात्रा थालेका थिए। त्यसपछि २०४७ सालमा एमालेको सङ्गठित सदस्यता लिएर सक्रिय राजनीतिमा थप मजबुत उपस्थिति बनाएका थिए।

चौलागाईंले एमालेको तर्फबाट इटहरी खानेपानी उपभोक्ता संस्थाको नेतृत्व गर्दै १७ वर्षभन्दा बढी समय अध्यक्षको जिम्मेवारी सम्हाले।

इटहरी नगरपालिका हुँदै उपमहानगरपालिका बनेपछि भएका स्थानीय तह निर्वाचनहरूमा उनी पटक–पटक नगरप्रमुखको आकाङ्क्षी बने पनि पार्टीबाट टिकट पाउन सकेनन्।

पछिल्लो समय उनी एमालेका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव शेरधन राई निकट मानिन्थे। तर, इटहरीका पूर्व नगरप्रमुख द्वारिकालाल चौधरीसँगको सम्बन्ध भने क्रमशः तनावपूर्ण बन्दै गएको थियो।

विशेषगरी खानेपानी संस्थामा नेतृत्व गर्दा अनियमितता भएको आरोप सार्वजनिक रूपमा लागेपछि दुई नेताबीचको विवाद चर्किएको थियो।

स्थानीय कार्यकर्ताहरूका अनुसार खानेपानीसम्बन्धी विवादका क्रममा तत्कालीन नगर प्रमुख चौधरीले चौलागाईंको घर भत्काउने चेतावनीसमेत दिएका थिए।

खानेपानी संस्थामा भ्रष्टाचारको आरोप लागेपछि चौलागाईं थप विवादमा तानिएका थिए। त्यसपछि भएको निर्वाचनमा एमालेकै नेता यामकुमार सुब्बा अध्यक्षमा निर्वाचित भए।

संस्थाको विधान संशोधन गरी पूर्व अध्यक्षलाई पदेन सदस्य राख्ने व्यवस्था हटाइएपछि चौलागाईं संस्थाको निर्णय प्रक्रियाबाट क्रमशः अलग्गिँदै गए।

पछि उनलाई सल्लाहकार बनाउने निर्णय भए पनि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै उक्त जिम्मेवारी अस्वीकार गरेका थिए।

एमालेभित्र लामो समयदेखि असन्तुष्ट रहँदै आएका चौलागाईं प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पनि पार्टीसँग टाढिँदै गएको चर्चा थियो।

हाल इटहरीको राजनीतिक वृत्तमा चौलागाईं श्रम संस्कृति पार्टीमा प्रवेश गर्न सक्ने चर्चा चलेपनि सत्यता नरहेको उनले बताए।

Tags: नेकपा एमालेरामप्रसाद चौलागाईं
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु
FEATURE BREAKING

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

झापा : झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजमा आगलागी हुँदा क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको...

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
समाचार

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    493 shares
    Share 197 Tweet 123
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.