Sunday, May 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

रासस by रासस
जेष्ठ २, २०८३
in समाचार
0
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?
58
SHARES
Share on FacebookShare on Twitter

झापा : भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछि यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ।

सडकका ठाउँठाउँमा ठुला खाल्डाखुल्डी पर्नुका साथै पुल र कल्भर्ट निर्माण अधुरै रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयवासीको गुनासो छ।

स्थानीय नेत्रविक्रम बिमलीका अनुसार विशेषगरी हल्दीबारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ क्षेत्रमा पर्ने भुतेनी खोला र भुसुडी खोलामा निर्माण अपूरो अवस्थामा रहेकाले सवारी आवागमनमा समस्या भइरहेको छ ।

“सडक भत्किएको छ, पुल र कल्भर्ट पनि पूर्ण रूपमा बनेका छैनन्”, उनले भने “दैनिक यात्रा गर्न जोखिमपूर्ण अवस्था छ।”

स्थानीयवासीका अनुसार सडकमा भएका खाल्डाखुल्डीका कारण साना तथा ठूला सवारीसाधन दुर्घटनामा पर्ने क्रम बढ्दो छ । वर्षायाम सुरु हुन लागेकाले सडकको अवस्था अझ जोखिमपूर्ण बन्न सक्नेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले सडकको दयनीय अवस्थाबारे गाउँपालिकाले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि हालसम्म सुधारको काम अघि नबढेको बताए।

“सडकको अवस्थाले सर्वसाधारणलाई दैनिक सास्ती भइरहेको छ”, उनले भने, “पालिकाले पटकपटक ताकेता गरे पनि सम्बन्धित आयोजनाबाट अपेक्षित प्रतिक्रिया आएको छैन।”

हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले निर्माण सम्पन्न भएको छोटो समयमै सडक भत्किन थालेपछि निर्माणको गुणस्तरीयतामाथि प्रश्न उठेको बताए।

उनले सडकमा दैनिकजसो दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै समयमा मर्मत तथा सुधार नगरे थप क्षति हुनसक्नेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराए।

हल्दीबारीका स्थानीय प्रल्हाद सेलवालले वर्षायाममात्र नभई हिउँदमा समेत अधुरा पुल र कल्भर्टका कारण स्थानीयवासीले यात्रामा समस्या भोग्नुपरेको बताए ।

“सडक निर्माण भएपछि सहज यात्रा हुने अपेक्षा गरेका थियौँ”, उनले भने, “तर अहिले झन जोखिमपूर्ण अवस्थामा आवागमन गर्नुपर्ने बाध्यता छ।”

स्थानीयवासीले सडक निर्माणमा लापरवाही भएको आरोप लगाउँदै सम्बन्धित निकायबाट गुणस्तरीय निर्माण तथा प्रभावकारी अनुगमनको माग गरेका छन्। सडक निर्माणमा प्रयोग गरिएको सामग्रीको गुणस्तर र प्राविधिक निगरानीमाथि पनि प्रश्न उठ्न थालेको छ।

यसैबिच, हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत आयोजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले झापाचोकबाट राजगढपारिसम्मको १९ दशमलव ५० किलोमिटर सडकखण्ड निर्माण व्यवसायीले हालसम्म औपचारिक रूपमा हस्तान्तरण नगरेको जानकारी दिए।

उनका अनुसार उक्त सडक निर्माणको ठेक्का आशिष याक्थुङहाङ जेभीले लिएको हो। निर्माण कम्पनी अहिले ‘त्रुटि सच्याउने अवधि’मा रहेकाले भत्किएका तथा बिग्रिएका संरचनाको मर्मत पनि सोही कम्पनीले गर्ने उनले बताए।

Tags: #झापा#रासस#सडकहुलाकी राजमार्ग
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३, २०८३
0

झापा : झापाको कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शनिवार साँझ करिब...

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण
विविध

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

by रासस
जेष्ठ ३, २०८३
0

भोजपुर : षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ...

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

जेष्ठ ३, २०८३
बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

जेष्ठ ३, २०८३
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1016 shares
    Share 406 Tweet 254
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    512 shares
    Share 205 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1557 shares
    Share 623 Tweet 389

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन