Thursday, May 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पूर्वी नेपालको मुख्य प्रवेशद्वारमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’

रासस by रासस
जेष्ठ ७, २०८३
in विविध, समाचार
0
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
52
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’ को निर्माण सुरु गरिएको छ ।

रोटरी क्लब अफ काँकडभिट्टाको पहल, कोशी प्रदेश सरकार र भारतको पश्चिम बङ्गालस्थित रोटरी क्लब अफ सिलिगुडी उत्तरायणको आर्थिक साझेदारीमा यो परियोजना अघि बढाइएको हो।

उपभोक्ता समितिमार्फत एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको घण्टाघरको नाम ‘रोटरी क्लब टावर’ राखिने सहमति भएको छ। निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं रोटरी क्लब अफ काँकडभिट्टाका अध्यक्ष उदय श्रेष्ठका अनुसार यो घण्टाघर जमिनको सतहबाट ४० फिटभन्दा अग्लो हुनेछ ।

घण्टाघर निर्माणको कूल लागत करिब रु ३५ लाख अनुमान गरिएको उनले जानकारी दिए।

अध्यक्ष श्रेष्ठले रु १० लाख कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावण मन्त्रालयले प्रदान गर्ने सम्झौता भएको जनाउँदै बाँकी लागत खर्च रोटरी क्लब अफ काँकडभिट्टा र रोटरी क्लब अफ सिलिगुडी उत्तरायणले दामासाहीले व्यहोर्ने भएका बताए।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले पर्यटकीय र सहरी सौन्दर्यीकरणका द‌ृष्टिले घण्टाघरको अवधारणा महत्त्वपूर्ण रहेको बताइन् । नगरपालिकाको स्वामित्वमा रहेको देवकोटा पार्कभित्र यो संरचना निर्माणका लागि नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराएको उनले जानकारी दिइन्।

“नेपालको पूर्वी ढोकामा पर्यटकीय आकर्षण बढाउन यो घण्टाघर कोसेढुङ्गा सावित हुने हाम्रो अपेक्षा छ”, उपप्रमुख उप्रेतीले भनिन्, “भारतीय रोटरी क्लबको समेत सहलगानी रहेकाले यसले नेपाल-भारतबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्‍याउनेछ ।”

सतहबाट १८ वर्गफिट आकारमा निर्माण हुने यस घण्टाघरको पहिलो तलामा चढेर पर्यटकले दृश्यावलोकनका साथै सेल्फी र भिडियो खिच्न सक्ने गरी आधुनिक र सुविधा सम्पन्न संरचना बनाइने अध्यक्ष श्रेष्ठले बताए।

काँकडभिट्टाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको देवकोटा पार्कमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिक, रमणीय फूलबारी, बाल उद्यान, खानेपानी तथा शौचालयको सुविधा उपलब्ध छ।

देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले अब बन्ने घण्टाघरले पार्कको आकर्षण थप बढाउने र सीमावर्ती क्षेत्र भएकाले भारतीय लगायत अन्य विदेशी पर्यटकको आगमनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे।

Tags: #झापा#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, २०८५ सम्म भ्रमण वर्ष मनाइने
FEATURE BREAKING

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, २०८५ सम्म भ्रमण वर्ष मनाइने

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ७, २०८३
0

इटहरी : कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख...

इलामको माङ्सेबुङमा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा
विविध

इलामको माङ्सेबुङमा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

by रासस
जेष्ठ ७, २०८३
0

इलाम : माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले...

प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

जेष्ठ ७, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

धरान र इटहरीबाट दुई फरार प्रतिवादी पक्राउ

जेष्ठ ७, २०८३
कोशी प्रदेश : आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत हुने अनुमान

कोशी प्रदेश : आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत हुने अनुमान

जेष्ठ ७, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

चारआली उपचार केन्द्रमा सर्पदंशका बिरामी बढे

जेष्ठ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, २०८५ सम्म भ्रमण वर्ष मनाइने

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, २०८५ सम्म भ्रमण वर्ष मनाइने

जेष्ठ ७, २०८३
इलामको माङ्सेबुङमा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

इलामको माङ्सेबुङमा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

जेष्ठ ७, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नेपालको मुख्य प्रवेशद्वारमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’

जेष्ठ ७, २०८३
प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

जेष्ठ ७, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1411 shares
    Share 564 Tweet 353
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    654 shares
    Share 262 Tweet 164
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    624 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    594 shares
    Share 238 Tweet 149
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    513 shares
    Share 205 Tweet 128

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.