धरान : सुनसरीको धरान उपमहानगरपालिका–१५ बगरकोट क्षेत्रमा गत वैशाख २८ गते साँझ भएको झै–झगडाका क्रममा बोतल प्रहारबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको छ।
मृत्यु हुनेमा धरान–१५ निवासी ४९ वर्षीया सरु नेम्वाङ रहेकी छन्। बोतल प्रहारबाट गम्भीर घाइते भएकी नेम्वाङको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा धरान–१५ कै ३८ वर्षीय अशोक लिम्बू र ३३ वर्षीय बुद्धवीर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवैलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post