Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशमा अब हप्ताको दुई दिन स्थानीय पोसाक अनिवार्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १५, २०८३
in समाचार
0
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
91
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशभित्र कार्यरत निजामती कर्मचारीका लागि नयाँ पोसाक सम्बन्धी व्यवस्था लागू गरेको छ।

प्रदेश राजपत्रमा ‘प्रदेश निजामती कर्मचारीको पोसाक सम्बन्धी कार्यविधि, २०८३’ प्रकाशित गर्दै सरकारले हप्ताको दुई दिन स्थानीय उत्पादनबाट बनेका पोसाक अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको हो।

कार्यविधिअनुसार सामान्य अवस्थामा कर्मचारीले नेपाल सरकारले तोकेको नियमित निजामती पोसाक लगाउनुपर्नेछ। तर बुधबार र शुक्रबार भने स्थानीय उद्योगबाट उत्पादित कपडा तथा पोसाक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले यस कदमलाई कोशी प्रदेशका घरेलु, साना तथा मझौला उद्योगको प्रवर्द्धनसँग जोडेको छ। पुरुष कर्मचारीले स्थानीय उत्पादन प्रयोग भएको दौरा–सुरुवाल, कोट, ब्लेजर वा इस्टकोटसँग ढाका टोपी लगाउन सक्नेछन्।

विकल्पका रूपमा स्थानीय उत्पादनकै कपडाबाट बनेको गाढा नीलो पाइन्ट र सेतो सर्ट पनि प्रयोग गर्न सकिनेछ। महिला कर्मचारीका लागि स्थानीय कपडाबाट बनेको सारी, ब्लाउज वा कुर्ता–सलवारलाई मान्यता दिइएको छ।

स्थानीय उत्पादनको प्रयोग बढाउन प्रदेश सरकारले अतिरिक्त पोसाक भत्ता पनि दिने भएको छ। संघीय सरकारले उपलब्ध गराउँदै आएको नियमित पोसाक भत्ताबाहेक कोशी प्रदेश सरकारले थप ५ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ। चालु आर्थिक वर्ष २०८२।८३ का लागि उक्त रकम आगामी असार १५ गतेभित्र वितरण गरिने जनाइएको छ।

कार्यविधिले ‘स्थानीय उत्पादन’ भन्नाले कोशी प्रदेशभित्र रहेका साना तथा मझौला उद्योग वा कलकारखानाबाट परम्परागत सीप, श्रम र स्थानीय कच्चा पदार्थ प्रयोग गरी तयार गरिएका कपडालाई जनाएको छ।

यो व्यवस्था स्थायी निजामती कर्मचारीसँगै कम्तीमा ६ महिनादेखि अस्थायी वा करार सेवामा कार्यरत कर्मचारीमा समेत लागू हुनेछ।

कर्मचारीले तोकिएको पोसाक लगाए–नलगाएको विषयमा कार्यालय प्रमुखले नियमित अनुगमन गरी अभिलेख राख्नुपर्नेछ। साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयले आकस्मिक अनुगमन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

कार्यविधिमा नियम उल्लङ्घन गर्ने कर्मचारीमाथि कडा प्रावधानसमेत राखिएको छ। पटक–पटक तोकिएको पोसाक नलगाएको पाइएमा दिइएको पोसाक भत्ता फिर्ता असुल गरिनुका साथै विभागीय कारबाहीसमेत हुन सक्ने उल्लेख गरिएको छ।

 

Tags: कोसी प्रदेशपोसाक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
विविध

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.