Sunday, May 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
in कला साहित्य, समाचार
0
आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

तस्बिर : सुविद गुरागाईँ ।

57
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सङ्गीत साधना प्रतिष्ठान इटहरीको आयोजनामा सञ्चालित ‘साहित्य, सङ्गीत उत्सव २०८३’ अन्तर्गत तेस्रो शृङ्खलामा प्रसिद्ध कवि तथा गीतकार आनन्द अधिकारीको गीति तथा काव्य यात्रामाथि विशेष कार्यक्रम सम्पन्न भएको छ।

शनिबार आयोजित कार्यक्रममा गीतकार अधिकारीका चर्चित गीतहरू विभिन्न कलाकारहरूले प्रत्यक्ष प्रस्तुत गरेका थिए।

कार्यक्रममा कृष्ण भारद्वाज, सत्यनारायण चौधरी, जानुका कोइराला, केशव कार्की, रणदीप भुजेल, रञ्जिता श्रेष्ठ, सुजाता विष्ट, टेरिसा परियार, प्रीतम आचार्य, अङ्कुर भट्टराई र भूमा अधिकारी लगायतले स्वर दिएका थिए।

अधिकारीद्वारा रचित ‘पिरतीमा के मात्रै भएन’, ‘जाउँ क्यारे उडेर माथि जूनैमा’, ‘तिमीबिनाको जीवन सोच्न सम्म नि म सक्दिनँ’, ‘ओराली लागेको हरिणको चाल भो’, ‘फूल भन्छ फुलिरहुँ’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत हुँदा दर्शक–श्रोताले भरपुर साथ दिएका थिए।

कार्यक्रममा तबलामा शर्मिला सिग्देल, गिटारमा श्याम सुनुवार, बेस गिटारमा प्रवेश राई, किबोर्डमा विदुर कार्की तथा अक्टोप्याडमा विपिन श्रेष्ठले सङ्गीत संयोजन गरेका थिए।

गीत प्रस्तुतिसँगै गीतकार अधिकारीले आफ्ना चर्चित कविता ‘तिम्रो शिरफूल’, ‘घाइते ईश्वर’ र ‘हे परी १’ वाचन गरेका थिए। कविता वाचनमार्फत उनले आफ्ना सिर्जनात्मक यात्राका अनुभव र भावनासमेत श्रोतामाझ साझा गरेका थिए।

सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसी सहजकर्ता रहेको कार्यक्रमको अध्यक्षता प्रदीपकुमार रेग्मीले गरेका थिए भने प्रमुख आमन्त्रितका रूपमा रेवतीरमण भण्डारी सहभागी थिए।

कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै गीतकार अधिकारीले आफूलाई स्वर्गीय गोपाल योञ्जनको आशीर्वाद प्राप्त भएको उल्लेख गरे। उनले भने, ‘अन्तिममा बाँच्ने त तिनै शब्द नै हुन्।’

साहित्य र सङ्गीतको संगम बनेको उक्त कार्यक्रमले गीतकार आनन्द अधिकारीको सिर्जना यात्रा, नेपाली गीत–सङ्गीतमा उनको योगदान तथा काव्य चेतनालाई नयाँ पुस्तासमक्ष पुनः उजागर गरेको आयोजकले जनाएको छ।

खासगरी ‘साहित्य, सङ्गीत उत्सव २०८३’ शृङ्खलालाई निरन्तरता दिइने जनाइएको छ।

Tags: आनन्द अधिकारीसंगीतसंगीत साधना प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 
विविध

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

इटहरी : इटहरी २० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजमा “अनुसन्धान लेख कसरी लेख्ने” विषयक तीनदिने अनुसन्धान लेखन कार्यशाला सुरु भएको छ।...

झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना
समाचार

सुर्तीजन्य पदार्थमा ७ हजारभन्दा बढी रसायन, सचेतना फैलाउँदै प्रशासन

by रासस
जेष्ठ १७, २०८३
0

तेह्रथुम : विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वन्दना...

बाढीपहिरोका कारण कोशी प्रदेशका ५ जिल्लाका सडक अवरुद्ध, केहीमा वैकल्पिक मार्ग सञ्चालन

कोशी राजमार्गमा सुख्खा पहिरो, खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

जेष्ठ १७, २०८३
इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

जेष्ठ १६, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

बोराभित्र महिलाको शव फेला, हत्या गरेर फालिएको हुन सक्ने

जेष्ठ १६, २०८३
गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

गुलाबी रङका फूलले सिमसार क्षेत्र मनमोहक, शङ्करबेलीमा पर्यटकको बढ्दो आकर्षण

जेष्ठ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३
आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

जेष्ठ १७, २०८३
झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

सुर्तीजन्य पदार्थमा ७ हजारभन्दा बढी रसायन, सचेतना फैलाउँदै प्रशासन

जेष्ठ १७, २०८३
बाढीपहिरोका कारण कोशी प्रदेशका ५ जिल्लाका सडक अवरुद्ध, केहीमा वैकल्पिक मार्ग सञ्चालन

कोशी राजमार्गमा सुख्खा पहिरो, खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

जेष्ठ १७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1497 shares
    Share 599 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1425 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    609 shares
    Share 244 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.