Tuesday, September 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : गाउँपालिकाले बाँदरलाई बन्ध्याकरण गर्ने

रासस by रासस
असार १०, २०८३
in विविध, समाचार
0
बाँदर आतंकले रित्तिँदै भोजपुरका बस्ती

सांकेतिक तस्बिर ।

67
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ ।

सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो ।

गाउँसभाको १९औँ अधिवेशनमार्फत आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिए ।

“बाँदर किसानको जटिल समस्या बनेको छ”, अध्यक्ष राईले भने, “बाँदर नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको छौँ । सङ्घीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ ।”

गाउँपालिकाका अनुसार, बन्ध्याकरण विधिमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ । यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ । यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

बालीबिरुवामा बाँदरले अपूरणीय क्षति गर्न थालेपछि यहाँ बाँदरको सङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले बाँदरको बन्ध्याकरण गर्न लागिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

पछिल्लो समय गाउँपालिकाका विभिन्न वडामा बाँदरको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । बाँदरले विशेषगरी मकै, कोदो, आलुलगायत बालीमा क्षति पुर्याउँदै आएका छन् । जसका लागि पहिलो चरणमा खोज तथा अध्ययन गर्न गाउँपालिकाले रु पाँच लाख बजेटसमेत विनियोजन गरेको छ ।

Tags: #भोजपुरबन्ध्याकरण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु
विविध

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८३
0

ताप्लेजुङ : ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई उडान सुरु भएको छ । मौसम खराबीलगायतका कारण देखाउँदै...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले यही असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन गर्ने निर्णय गरेको छ ।...

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

अशोज १२, २०८३
कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.