Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
in समाचार
0
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य अनुभव र सम्भावना)’ पुस्तकमाथि शनिबार इटहरीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना भए पनि त्यसको प्रभावकारी प्रचार–प्रसार, अध्ययन र प्रवर्द्धनमा अझै पर्याप्त काम हुन नसकेको बताएका छन्।

संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा भएको कार्यक्रममा पुस्तकमाथि उपप्राध्यापक तथा अनुसन्धानकर्मी अर्जुन उप्रेती र पत्रकार विराट अनुपमले परिचर्चा गरेका थिए।

परिचर्चाका क्रममा उप्रेतीले पुस्तकले कोशी प्रदेशका पर्यटकीय गन्तव्यलाई इतिहास, संस्कृति, भूगोल, अनुभूति र पर्यटन विकासको सम्भावनालाई पनि पाठकमाझ पुर्‍याउने प्रयास गरेको बताए।

उनले पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै अनुसन्धानमा आधारित लेखन र गन्तव्यको अभिलेखीकरण आवश्यक रहेको धारणा राखे। खासगरी लेखक बरालले पुस्तकमा आफैँ पुगेर त्यहाँको संस्कृति र रहनसहनबारेको ब्याख्या गरेको उप्रेतीले बताए।

पत्रकार अनुपमले पुस्तकले पर्यटनलाई व्यवसायिक दृष्टिले मात्र नभई स्थानीय समाज, संस्कृति र पहिचानसँग जोडेर हेरेको उल्लेख गर्दै यस्ता कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले कोशी प्रदेशका धेरै गन्तव्य अझै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्याप्त रूपमा चिनिन नसकेको भन्दै यस्ता पुस्तकले त्यसको प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनका दृष्टिले देशकै सम्भावनायुक्त प्रदेश भए पनि त्यसअनुसार पर्यटन विकास हुन नसकेको बताए।

उनले स्थानीय तह, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संघ–संस्थाले समन्वय गरेर पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार विकास र प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

लेखक तथा पर्यटन व्यवसायी बरालले पुस्तक लेख्नुको उद्देश्य कोशी प्रदेशका पर्यटकीय सम्पदालाई एकै स्थानमा दस्तावेजीकरण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै प्रदेशका गन्तव्यबारे जानकारी गराउनु रहेको बताए।

उनले कोशी प्रदेशभित्र रहेका धेरै स्थान अझै ओझेलमा रहेकाले तिनको प्रचार र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमका अध्यक्ष तथा संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप रेग्मीले पर्यटन प्रवर्द्धनका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भन्दै साहित्य, सञ्चारमाध्यम र नागरिक समाजको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए।

उनले यस्ता पुस्तक र परिचर्चाले पर्यटनप्रति नागरिकको चासो बढाउने विश्वास व्यक्त गरे।

Tags: चर्चाबासुदेव बराल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि
विविध

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

by रासस
असार १३, २०८३
0

भोजपुर : पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत...

अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    392 shares
    Share 157 Tweet 98
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन