Monday, June 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

रासस by रासस
असार १५, २०८३
in FEATURE BREAKING, पर्यावरण, भिजिट नेपाल, समाचार
0
अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त
52
SHARES
Share on FacebookShare on Twitter

धरान (सुनसरी) : सप्तकोशी नदीको बहावसँगै फैलिएको हरियाली, दुर्लभ अर्नाको बथान, चराचुरुङ्गीको चहलपहल र जलचरको जीवन्तले कोशी टप्पुलाई जैविक विविधताको अनुपम आश्रयस्थलका रूपमा स्थापित गरेको छ ।

जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिने यहाँ दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणसँगै आन्तरिक र बाह्य पर्यटन प्रवर्धनको उल्लेखनीय सम्भावना बोकेको ठाउँ हो । पूर्वी नेपालको तीन जिल्लाको बिचमा फैलिएको कोशी टप्पु सोचे जति अझै चर्चामा आउन सकेको छैन ।

जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठुलो सम्भावना बोकेको कोशी टप्पु दुर्लभ वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गी पाइने यो अन्तर्राष्ट्रिय महत्त्व बोकेको सिमसार क्षेत्र वातावरणीय समस्यासँगै आवश्यक पूर्वाधार, प्रचारप्रसार र राम्रो व्यवस्थापन हुन नसक्दा यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन भने सकेको छैन ।

विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष प्रारम्भमा १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको थियो । २०६१ सालमा मध्यवर्ती क्षेत्र थपिएपछि अहिले १७३ वर्गकिलोमिटर कायम भएको छ ।

सुनसरी सप्तरी र उदयपुर जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित कोशी टप्पु आरक्ष जङ्गली भैँसी ९अर्ना० का कारण चर्चित छ । कोशीटप्पु रैथाने अर्ना पाइने एक मात्र संरक्षित क्षेत्रको रूपमा लिइन्छ ।

कोशी टप्पु आरक्षभित्र सप्तकोशीको बालुवाबाट बनेका टापु, सिसौँ र खयरका जङ्गल, बसाइसराइ गर्ने चराचुरुङ्गी र अति दुर्लभ खरमयुरका वासस्थान छन् ।

सन् १९८७ देखि यो आरक्ष रामसार सूचीमा सूचीकृत छ । जलचर प्रजाति घडीयाल, मगरगोही, सोंस (डल्फिन) र माछा पनि पाइन्छ । कोशीटप्पुलाई चराहरूको राजधानी समेत भनिन्छ ।

नेपालको पर्यटन उद्योग अहिले नयाँ गन्तव्यको खोजीमा छ । साहसिक पर्यटन, धार्मिक पर्यटन र हिमाली पर्यटनसँगै पछिल्ला वर्षहरूमा प्रकृतिमा आधारित पर्यटन वन्यजन्तु अवलोकन, फोटोग्राफी पर्यटन र पर्या–पर्यटन पक्षी अवलोकन र अध्ययनका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको कोशी टप्पु पूर्वी भारततर्फको क्षेत्रमा जैविक मार्गका रूपमा समेत लिइन्छ ।

चितुवाबाहेक अन्य ठुलो मांसाहारी जनावरको सङ्ख्या न्यून भए पनि आरक्षले पूर्वी तराई, मधेश क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको आरक्ष कार्यालयले जनाएको छ ।

हिमाल, पहाड तथा तराईको विशिष्ट जैविक विविधता, लोपोन्मुख वन्यजन्तु, जलचर, पंक्षी र विविध वन पैदावारका कारण नेपाल प्रकृतिप्रेमी, अनुसन्धानकर्ता र पर्यटकका लागि विश्वकै प्रमुख आकर्षणको केन्द्र बन्दै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर अङ्कित पौडेलले बताए ।

सन् १९७६ को गणना अनुसार कोशी टप्पुमा ६३ वटा अर्ना थियो भने सन् २०२१ को गणना अनुसार कोशीटप्पुमा ४९८ वटा अर्ना रहेका छन् । पौडेलका अनुसार कोशीटप्पुमा स्तनधारी ४२, पक्षी ५३५, माछा १४१ र पुतली ७७ प्रजातिका छन् ।

२०८० सालको गणना अनुसार खरमयुर ३२ वटा र २०७९ को गणना अनुसार डल्फिन १९ वटा रहेको उहाँले जानकारी दिनुभयो । कोशीटप्पुमा धेरैजसो चराहरू साइबेरियाबाट आउने गरेका छन्, गर्मीको समयमा भन्दा चराहरू जाडो छल्न आउने गरेको पौडेलले बताए ।

जङ्गली हात्ती, एकसिङ्गे गैँडा, ढाड नहुने प्राणी ५७ प्रजाति, जडीबुटी १८ प्रजाति, डालेघाँस ३३ प्रजाति, उन्यु १२ प्रजाति, कालो भूँडिफोर, सेतो भूँडिफोर, अजिङ्गर, सरिसृप, सुन गोहोरो, घडियाल गोही, निलगाई, चितल, रतुवा, लगुना, मलाह बिरालो, मगर गोहीलगायत दुर्लभ प्रजाति यहाँ रहेका छन् ।

पछिल्ला वर्षहरूमा कोशी टप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८२।८३ को जेठ मसान्तसम्म नौ हजार २४२ पर्यटकले आरक्षको भ्रमण गरिसकेका छन् ।

पर्यटकको बढ्दो आकर्षणको मुख्य आधार कोशी टप्पुको समृद्ध जैविक विविधता हो । प्रकृतिसँग नजिक हुन चाहने युवा, वन्यजन्तु फोटोग्राफर, चराप्रेमी तथा अनुसन्धानकर्ताका लागि कोशी टप्पु पछिल्ला वर्षहरूमा आकर्षक गन्तव्य बन्दै गएको छ । नदी, सिमसार, घाँसे मैदान, वन तथा खुला चरन क्षेत्रले समेटेको कोशी टप्पु जैविक विविधताको अनुपम भण्डारका रूपमा परिचित छ ।

यहाँ पाइने वनस्पति, स्तनधारी जनावर, चराचुरुङ्गी, उभयचर, जलचर तथा अन्य बन्यजन्तुले प्रकृतिक सन्तुलित कायम गरेको छ । यही विशेषताका कारण कोशी टप्पु नेपाल मात्र नभई दक्षिण एसियाकै महत्त्वपूर्ण जैविक विविधता क्षेत्रका रूपमा परिचित छ ।

कोशी टप्पुको प्रमुख आकर्षणमध्ये चराचुरुङ्गी विविधता एक हो । नेपालमा अभिलेख गरिएका चरामध्ये आधाभन्दा बढी प्रजाति कुनै न कुनै समयमा यहाँ भेटिएका छन् ।

यसले कोशी टप्पुलाई नेपालको उत्कृष्ट ‘बर्ड वाचिङ’ गन्तव्यका रूपमा स्थापित गरेको छ । हरेक वर्ष असोज कात्तिकदेखि चैत वैशाखसम्म साइबेरिया, मङ्गोलिया, चीन, मध्यएसिया तथा युरोपका विभिन्न भूभागबाट हजारौँ प्रवासी चराहरू यहाँ आइपुग्ने गर्छन् ।

उनीहरूका लागि कोशी टप्पु सुरक्षित बासस्थान, प्रशस्त आहार र अनुकूल वातावरण भएको विश्रामस्थल बनेको छ ।

जलवायु परिवर्तन, सिमसार क्षेत्रको विनाश र बढ्दो मानव अतिक्रमणका कारण विश्वभर चराहरूको प्राकृतिक वासस्थान खुम्चिँदै गएकाले कोशी टप्पुको संरक्षणको महत्त्व झन् बढ्दै गएको संरक्षणविद्हरू बताउँछन् ।

यस्ता सिमसार क्षेत्र नष्ट भए प्रवासी चराहरूको बसाइसराइ चक्रमा गम्भीर असर पर्नसक्ने संरक्षणविद्हरूको भनाइ छ ।

चराविज्ञ अनिस तिमल्सिनाका अनुसार कोशी टप्पु उत्तरी गोलाद्र्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्रामस्थल हो । उनी भन्छन्, यदि चराहरूले विमानस्थल बनाउने हो भने नेपालमा उनीहरूको अन्तर्राष्ट्रिय विमानस्थल कोशी टप्पु नै हुन्थ्यो ।

हिउँद्याम सुरु भएसँगै साइबेरिया, चीन, मङ्गोलिया, मध्य एसियालगायतका क्षेत्रबाट हजारौँ किलोमिटर यात्रा गरेर आएका चराहरू यहाँ केही महिना बिताउने र गर्मी सुरु भएपछि पुनः आफ्नै गन्तव्यतर्फ फर्कने गरेको उनले बताए ।

कोशी टप्पुमा भएका सिमसार क्षेत्रहरूको थप संरक्षण गर्ने हो भने चराचुरुङ्गी अवलोकन नै कोशी टप्पुको सबैभन्दा ठुलो पर्यटन आकर्षण र सम्भावना रहेको उनको भनाइ छ ।

बर्सेनि बाढीले कटान गर्ने जसले चराहरूको बासस्थानको कमी भएको कारण पहिलेको तुलनामा अहिले चराहरूको आगमनमा कमी आउन थालेको बताइन्छ । कोशी टप्पुको अर्को प्रमुख विशेषता नेपालमा प्राकृतिक रूपमा पाइने एकमात्र जङ्गली भैँसी (अर्ना) को मुख्य वासस्थान हुनु हो । आरक्षमा रहेका विशाल घाँसे मैदान अर्नाका लागि उपयुक्त आवास मानिन्छन् ।

त्यस्तै कोशी नदीमा पाइने गङ्गेटिक डल्फिन आरक्षको अर्को महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो । विश्वमै सङ्कटापन्न जलचरमध्ये पर्ने यो डल्फिनका लागि कोशी नदीको स्वच्छ बहाव, पर्याप्त गहिराइ र माछाको उपलब्धता अनुकूल मानिन्छ ।

कोशी टप्पुमा डुङ्गा सफारी पनि पर्यटकको आकर्षण बन्दै गएको छ । कोशी नदीमा डुङ्गा यात्रा गर्दा गङ्गेटिक डल्फिन, जलपक्षी, नदी किनारका वन, विशाल घाँसे मैदान तथा सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

आरक्षको वनस्पति विविधता पनि उत्तिकै समृद्ध छ । यहाँ सिँसौ, खयर, सेमल, कदम्ब, साज, बाँसलगायतका नदी किनारका वन तथा विशाल घाँसे मैदान पाइन्छन् ।

यही घाँसे मैदानमा अर्ना, हरिण, नीलगाईलगायतका वन्यजन्तु आश्रित छन् । हरेक वर्ष आउने बाढीले नयाँ घाँसे मैदान सिर्जना गर्ने भएकाले यहाँको प्राकृतिक वातावरण निरन्तर पुनर्जीवित हुँदै आएको छ ।

जैविक विविधता, प्राकृतिक सौन्दर्य, सिमसार क्षेत्र र स्थानीय सांस्कृतिक जीवनशैलीले कोशी टप्पुलाई अन्तर्राष्ट्रियस्तरको प्रकृति पर्यटन गन्तव्यका रूपमा विकास गर्ने पर्याप्त आधार प्रदान गरेको छ ।

विश्व पर्यटन बजारको रुचि अहिले प्रकृतिमैत्री, शान्त वातावरण र वन्यजन्तु अवलोकनतर्फ केन्द्रित हुँदै गएकाले कोशी टप्पुको सम्भावना अझ बढेको छ । यहाँको जैविक विविधता, नदी प्रणाली, दुर्लभ वन्यजन्तु र स्थानीय संस्कृति नै कोशी टप्पुको सबैभन्दा ठुलो सम्पत्ति हो ।

धरानबाट कोशी टप्पु भ्रमणका लागि आउनु भएका सरोज ढकालले प्राकृतिक सौन्दर्य, चराचुरुङ्गी अवलोकन तथा वन्यजन्तुका कारण आरक्ष आफूलाई बारम्बार आकर्षित गर्ने गन्तव्य बनेको बताए ।

“प्रकृतिसँग नजिक हुन र शान्त वातावरणको अनुभूति गर्न म बेला बेलामा यहाँ आउने गर्छु”, उनले भने ।

गुणस्तरीय होटल, स्थानीय संस्कृति झल्किने होमस्टे, व्यवस्थित विश्रामस्थल र सूचना केन्द्रको विकाससँगै प्रभावकारी प्रचारप्रसार गर्नसके आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढ्न सक्ने उनको भनाइ छ ।

चरा अवलोकन, जङ्गल सफारी र डुङ्गा सयरजस्ता गतिविधिलाई थप व्यवस्थित र सुरक्षित बनाउँदै जैविक विविधताको संरक्षणसँगै दिगो पर्यटन विकासमा जोड दिनुपर्ने आवश्यक रहेको उनको सुझाव छ ।

कोशी टप्पुको पर्यटन विकास अझै प्रारम्भिक चरणमै रहेको स्थानीय होटल व्यवसायी लोकबहादुर मगरको भनाइ छ । उनका अनुसार सीमित आवास, कमजोर सडक तथा अन्य पर्यटकीय पूर्वाधार, प्रभावकारी प्रचारप्रसारको अभाव र पर्याप्त लगानी नहुँदा आरक्षको वास्तविक पर्यटन सम्भावनाको पूर्ण उपयोग हुन सकेको छैन ।

१७ वर्षदेखि कोशी टप्पुमा होमस्टे सञ्चालन गर्दै आउनुभएका मगर नेपाली सेनाबाट २० वर्ष सेवा गरेर अवकाशपछि पर्यटन व्यवसायमा लागेका हुन्। स्थानीयस्तरमै उत्पादन हुने अर्गानिक तरकारी र परम्परागत परिकारका कारण धेरै पर्यटकले अगाडी नै बुकिङ गरेर होमस्टेमा बस्न आउने गरेको उनले बताए ।

कोशी टप्पुमा जङ्गल सफारी, प्रकृति पदयात्रा र स्थानीय संस्कृति अनुभव गर्ने गतिविधिमा पनि पर्यटकको रुचि बढ्दै गएको छ । स्थानीय परिवारसँग बसेर ग्रामीण जीवनशैली, परम्परागत खानपान र संस्कृतिको अनुभव गर्न सकिने भएकाले आसपासका गाउँमा व्यवस्थित होमस्टे विस्तार गर्न सके पर्यटकको बसाइ अवधि लम्बिने छ ।

आरक्षसम्म पुग्ने केही सडक अझै स्तरीय छैनन् भने वर्षायाममा यातायात सञ्चालनसमेत प्रभावित हुने गरेको छ । पर्यटक सूचना केन्द्र, विश्रामस्थल, सङ्केत बोर्ड, अवलोकन टावर, सार्वजनिक शौचालय तथा गुणस्तरीय आवासको अभाव रहेको स्थानीय बताउँछन् ।

प्रचारप्रसारको कमीका कारण अन्तर्राष्ट्रिय पर्यटन बजारमा कोशी टप्पुले अपेक्षित पहिचान बनाउन नसकेको स्थानीयको भनाइ छ भने अर्कोतर्फ मानव वन्यजन्तु द्वन्द्व पनि स्थानीयका लागि चुनौती बनेको छ ।

जङ्गली हात्ती तथा अन्य वन्यजन्तुले प्रत्येक वर्ष खेतीबालीमा क्षति पुर्‍याउने गरेको छ । आरक्षका रेन्जर पौडेलका अनुसार जङ्गली हात्तीबाट प्रभावित स्थानीयलाई आरक्षले प्रत्येक वर्ष राहत उपलब्ध गराउँदै आएको छ ।

संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसारलाई सँगसँगै अघि बढाउनसके कोशी टप्पुले जैविक विविधताको संरक्षणसँगै स्थानीय आर्थिक समृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।

Tags: #कोशीटप्पुकोसी टप्पुपर्यावरण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा
समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

धनकुटा : धनकुटा प्रहरीले कोशी लोकमार्गबाट ७७५ केजी गाँजासहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो
समाचार

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली...

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

जेनजी आन्दोलनपछि रोकिएको ७९ जना स्वकीय सचिवको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

असार १५, २०८३
खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

रोपाइँको बेला हात्तीको त्रास, बाहुनडाँगीमा किसान खेत छाडेर दिनभर बथान धपाउँदै

असार १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

असार १५, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

असार १५, २०८३
अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    728 shares
    Share 291 Tweet 182
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.