Monday, August 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

कोशी टप्पु : जैविक विविधता र पर्यापर्यटनको अनुपम संगम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
in पर्यावरण, भिजिट नेपाल, समाचार
0
कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन
66
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपालको पहिलो तथा सबैभन्दा ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधता, सिमसार संरक्षण र पर्यापर्यटनका दृष्टिले देशकै महत्त्वपूर्ण गन्तव्य मानिन्छ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो क्षेत्र प्राकृतिक सम्पदा र दुर्लभ वन्यजन्तुको आश्रयस्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमै परिचित छ।

सन् १९८७ डिसेम्बर १७ मा रामसार सूचीमा सूचीकृत भएको कोशी टप्पु रामसार क्षेत्रको क्षेत्रफल १७ हजार ५०० हेक्टर छ। कोशी नदीको बाढी मैदानमा अवस्थित यस क्षेत्रमा नदी, सिमसार, घाँसे मैदान, दलदल र स–साना तालहरूको मिश्रित पारिस्थितिक प्रणाली रहेको छ।

कोशी टप्पुको सबैभन्दा ठूलो विशेषता यहाँ पाइने नेपालको एकमात्र जङ्गली अर्नाको प्राकृतिक बासस्थान हो। आरक्ष स्थापना हुँदा यहाँ ६३ वटा मात्र अर्ना रहेको अनुमान गरिए पनि संरक्षणका प्रयाससँगै अहिले संख्या उल्लेख्य रूपमा बढेको छ।

कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर अङ्कित पौडेलका अनुसार २०२१ को गणना अनुसार कोशीटप्पुमा ४९८ वटा अर्ना रहेका छन् ।

पौडेलका अनुसार कोशीटप्पुमा स्तनधारी ४२, पक्षी ५३५, माछा १४१ र पुतली ७७ प्रजातिका छन् । अर्ना संरक्षणकै कारण कोशी टप्पु अन्तर्राष्ट्रिय संरक्षण समुदायको चासोको केन्द्र बनेको पौडेलले बताए।

यस क्षेत्र चराचुरुङ्गी प्रेमीहरूको पनि स्वर्ग मानिन्छ। विभिन्न प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन्। साइबेरिया, मध्य

एसिया र अन्य उत्तरी क्षेत्रबाट जाडो याममा आउने हजारौं प्रवासी चराले कोशी टप्पुलाई आफ्नो अस्थायी बासस्थान बनाउने गर्छन्। त्यसैले हरेक वर्ष स्वदेशी तथा विदेशी ‘बर्ड वाचर’ हरू यहाँ पुग्ने गर्छन्।

चराचुरुङ्गीका अतिरिक्त कोशी टप्पुमा हरिण, नीलगाई, बँदेल, अजिङ्गर, घडियाल, मगर, डल्फिनलगायतका विभिन्न वन्यजन्तु तथा सरीसृप पनि पाइन्छन्। कोशी नदीमा पाइने दुर्लभ गंगेटिक डल्फिन पनि यस क्षेत्रको अर्को आकर्षण हो।

पर्यटनका हिसाबले कोशी टप्पुमा जिप सफारी, हात्ती सफारी, डुङ्गा यात्रा, बर्ड वाचिङ, प्रकृति पदयात्रा तथा स्थानीय थारू, मुसहर र अन्य समुदायको सांस्कृतिक अनुभव लिन सकिने व्यवस्था विस्तार हुँदै गएको छ। विशेषगरी असोजदेखि चैतसम्मको मौसम यहाँ भ्रमणका लागि उपयुक्त मानिन्छ।

कोशी प्रदेश सरकारले भ्रमण वर्ष मनाइरहेका बेला कोशी टप्पुलाई प्रदेशकै प्रमुख पर्यापर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सार्नुपर्ने स्थानीयवासी बताउँछन्। पर्यटन व्यवसायीहरूका अनुसार उचित प्रचार, स्तरीय आवास, प्रकृति व्याख्या केन्द्र, पदमार्ग र अन्तर्राष्ट्रिय स्तरको बर्डिङ पूर्वाधार निर्माण गर्न सके कोशी टप्पुले नेपालमा पर्यापर्यटनको नयाँ सम्भावना सिर्जना गर्न सक्छ।

संरक्षणविद् अनिष तिम्सिना कोशी नदीको बदलिँदो बहाव, बाढी, मिचाहा वनस्पतिको विस्तार र मानव–वन्यजन्तु द्वन्द्वजस्ता चुनौती समाधान नगरी दीर्घकालीन संरक्षण सम्भव नहुने बताउँछन्।

उनका अनुसार जैविक विविधता संरक्षण र पर्यटन विकासबीच सन्तुलन कायम गर्न सके कोशी टप्पु नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट सिमसार पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो।

पर्यटकका अनुसार कोशी टप्पुमा बढ्दो पर्यटक चापलाई व्यवस्थापन गर्न स्तरीय होटल, होमस्टे र अन्य पर्यटकीय पूर्वाधारको विस्तार अपरिहार्य बन्दै गएको छ।

विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष प्रारम्भमा १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको थियो । २०६१ सालमा मध्यवर्ती क्षेत्र थपिएपछि अहिले १७३ वर्गकिलोमिटर कायम भएको छ ।

Tags: #कोशीटप्पु#पर्यटन#भिजिट नेपालकोसी टप्पुपर्यावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ७, २०८३
0

उदयपुर : सगरमाथा राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।...

विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’
विविध

विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’

by टाकुरा न्यूज । इटहरी
भदौ ७, २०८३
0

मोरङ : कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन्।...

मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

भदौ ७, २०८३
जेनजी आन्दोलनमा लुटिएको प्रहरीको ‘सट गन’ दमकबाट बरामद

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको ‘सट गन’ दमकबाट बरामद

भदौ ७, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टाबाट २४ अर्बको कृषि उपज आयात, चामलदेखि स्याउसम्म निर्भरता

भदौ ७, २०८३
ड्रोनबाट देखिएको उदयपुरगढी दरबार क्षेत्र

ड्रोनबाट देखिएको उदयपुरगढी दरबार क्षेत्र

भदौ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भदौ ७, २०८३
विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’

विदेशबाट फर्किएका युवाले बनाए ‘लक्ष्मीमार्ग सुकुटी बजार’

भदौ ७, २०८३
मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

भदौ ७, २०८३
जेनजी आन्दोलनमा लुटिएको प्रहरीको ‘सट गन’ दमकबाट बरामद

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको ‘सट गन’ दमकबाट बरामद

भदौ ७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    305 shares
    Share 122 Tweet 76
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.