झापा : झापाको कमल गाउँपालिकास्थित भान्सामा खाना पकाउँदै गरेकी एक महिलाको विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ करिब ७ः५० बजेतिर कमल गाउँपालिका–३ की ४० वर्षीया सरस्वती मगर लिम्बूलाई खाना पकाइरहेका बेला भान्सा कोठामै कोब्रा सर्पले डसेको थियो।
सर्पले डसेपछि परिवारका सदस्यले तत्काल उनलाई नेपाल रेडक्रस सोसाइटी दमकस्थित सर्पदंश उपचार केन्द्र पुर्याएका थिए। उपचारकै क्रममा राति १०ः४० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार घटना घरभित्रै भएको हो। सर्प भान्सामा कसरी पुगेको भन्ने विषयमा आवश्यक जानकारी संकलन भइरहेको छ।
वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेपछि घर वरपरको सरसफाइमा विशेष ध्यान दिन र सर्प देखिएमा आफैं समात्ने प्रयास नगरी सम्बन्धित निकायलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ।





















Discussion about this post