इटहरी : कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरीका दुई स्थानबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका–१ स्थित खोटाङे होटलबाट इटहरी–२ का २६ वर्षीय रविन लिम्बू र काभ्रेको पनौती नगरपालिका निवासी २३ वर्षीया एलिना लामालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट ५०० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसपार्क क्षेत्रमा अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको टोलीले इटहरी–८ का २२ वर्षीय बितेस तामाङलाई १७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
दुवै घटनामा बरामद ब्राउनसुगरको परिमाण ६७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।





















Discussion about this post