Wednesday, July 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
in अन्तर्वार्ता, समाचार
0
‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)
50
SHARES
Share on FacebookShare on Twitter

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार दिनेश धमलासँग वर्तमान व्यावसायिक वातावरण, उद्योगी–व्यवसायीले भोगिरहेका चुनौती, उद्योग वाणिज्य संघको भूमिका तथा निर्वाचित भए कार्यान्वयन गर्ने प्राथमिकताबारे गरिएको कुराकानीको सम्पादित अंश :-

१. सर्वप्रथम आफ्नो व्यक्तिगत तथा व्यवसायिक पृष्ठभूमिबारे बताइदिनुहोस् न ?

मेरो जन्म ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका (साबिक बेतिनी गाविस)मा भएको हो। हाल इटहरी–६ मा बसोबास गर्दै जुत्ता–चप्पल व्यवसायमा सक्रिय छु। लामो समयदेखि यस क्षेत्रमा काम गर्दै आएको छु। व्यवसायलाई आम्दानीको माध्यम मात्र नभई समाज र व्यवसायीको सेवासँग जोडिएको जिम्मेवारीका रूपमा लिएको छु।

२. उद्योग वाणिज्य संघसँग तपाईंको सम्बन्ध कहिलेदेखिको हो ?

उद्योग वाणिज्य संघसँग मेरो सम्बन्ध धेरै वर्षदेखिको छ। सामान्य सदस्यका रूपमा संघका गतिविधिमा सहभागी हुँदै आएको छु। औपचारिक जिम्मेवारी सम्हाल्ने अवसर भने पाएको छैन। यसपटक व्यवसायीको आवाज प्रत्यक्ष रूपमा उठाउने उद्देश्यले सदस्य पदमा उम्मेदवारी दिएको हुँ।

३. चुनाव लड्न प्रेरित गर्ने मुख्य कारण के हो ?

व्यवसायी साथीहरूले भोगिरहेका समस्या नजिकबाट देखेको छु। ती समस्याको समाधानका लागि जिम्मेवारीपूर्वक काम गर्नुपर्छ भन्ने सोचले चुनावमा होमिएको हुँ। म पदका लागि होइन, कामका लागि उम्मेदवार बनेको हुँ।

४. निर्वाचित हुनुभयो भने पहिलो प्राथमिकता के हुनेछ ?

व्यवसायीका समस्या सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने, व्यवसायमैत्री वातावरण निर्माणका लागि पहल गर्ने र उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा तथा सक्रिय संस्था बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ।

५. अहिले इटहरीका व्यवसायीले भोगिरहेका मुख्य समस्या के हुन् ?

बजार मन्दी, घट्दो कारोबार, बैंकको ब्याजदर, करसम्बन्धी जटिलता, अनियन्त्रित अनलाइन व्यापार र लगानीको असुरक्षा अहिलेका प्रमुख चुनौती हुन्। स्थानीय सरकार, बैंक तथा सम्बन्धित निकायसँग समन्वय गरी नीति सुधारका लागि पहल गर्नुपर्छ।

६. बजार मन्दी र अनलाइन व्यापारको प्रभावलाई कसरी हेर्नुभएको छ ?

अनलाइन व्यापार अहिलेको यथार्थ हो। यसलाई रोक्ने होइन, व्यवस्थित र निष्पक्ष बनाउनु आवश्यक छ। स्थानीय व्यवसायीलाई पनि प्रविधिसँग जोड्नुपर्छ। संघले डिजिटल मार्केटिङ र ई–कमर्ससम्बन्धी तालिम तथा सहजीकरण गर्नुपर्छ।

७. संघभित्र सबै व्यवसायीको आवाज कसरी सुनिश्चित गर्नुहुन्छ ?

साना–ठूला सबै व्यवसायीलाई समान सम्मान गर्नुपर्छ। नियमित भेटघाट, खुला छलफल, सुझाव संकलन र पारदर्शी निर्णय प्रक्रियामार्फत सबैको आवाज संघभित्र सुनिने वातावरण बनाउनेछु।

८. साना तथा मझौला व्यवसायीको हितका लागि संघले के गर्नुपर्छ ?

साना तथा मझौला व्यवसायीका समस्या प्राथमिकतामा राख्नुपर्छ। क्षमता अभिवृद्धि तालिम, व्यवसाय प्रवर्द्धन, सहुलियत कार्यक्रम, कानुनी परामर्श र बजार विस्तारका अवसर सिर्जना गर्न संघले विशेष भूमिका खेल्नुपर्छ।

९. कर नीति, बैंकको ब्याजदर र लगानीमैत्री वातावरणबारे तपाईंको धारणा के छ ?

व्यवसायमैत्री नीति, सरल कर प्रणाली, सहज बैंकिङ सेवा र लगानीलाई प्रोत्साहन गर्ने वातावरण आवश्यक छ। स्थानीय सरकार र सम्बन्धित निकायसँग सहकार्य गरेर व्यवसायीको पक्षमा नीतिगत सुधारका लागि निरन्तर पहल गर्नुपर्छ।

१०. चुनावपछि प्रतिनिधि व्यवसायीबाट टाढा हुने आरोप छ, तपाईंले त्यो विश्वास कसरी तोड्नुहुन्छ ?

मेरो प्रतिबद्धता चुनावसम्म सीमित हुँदैन। नियमित रूपमा व्यवसायीसँग भेट्ने, उनीहरूको गुनासा सुन्ने, समाधानका लागि पहल गर्ने र गरेको कामबारे समय–समयमा जानकारी दिनेछु। मेरो सम्पर्क सधैँ खुला रहनेछ।

११. अन्त्यमा उद्योगी–व्यवसायीलाई के भन्न चाहनुहुन्छ ?

उद्योग वाणिज्य संघ व्यवसायीको साझा संस्था हो। तपाईंहरूको विश्वासले नै यो संस्था बलियो बन्छ। म इमानदार, जिम्मेवार र परिणाममुखी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। आगामी निर्वाचनमा वाणिज्यतर्फ सदस्य पदका उम्मेदवारका रूपमा मलाई मत दिएर सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु। तपाईंहरूको विश्वासलाई कहिल्यै टुट्न दिनेछैन। धन्यवाद।

Tags: अन्तर्वार्तादिनेश धमला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

इटहरीको खोटाङे होटलदेखि इनरुवा बसपार्कसम्म ब्राउनसुगर अपरेशन, तीन पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरीका दुई स्थानबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा इलाका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कोशी मन्त्रिपरिषद्का दुई निर्णय : वन नियमावली र क्षतिपूर्ति निर्देशिका प्रक्रियामा

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दुई वटा निर्णय गरेको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीविरुद्ध प्रहरीको अपरेशन, साढे ४ लाखका सामान नियन्त्रणमा

असार २४, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठानअगाडि औषधिमा कमिसनको चलखेल गरेको आरोपमा थप १० जना नियन्त्रणमा

असार २४, २०८३
मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा

मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा

असार २४, २०८३
भोजपुरमा १४ किमि सडक कालोपत्र, ५१ करोडको योजना अन्तिम चरणमा

भोजपुरमा १४ किमि सडक कालोपत्र, ५१ करोडको योजना अन्तिम चरणमा

असार २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

असार २४, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीको खोटाङे होटलदेखि इनरुवा बसपार्कसम्म ब्राउनसुगर अपरेशन, तीन पक्राउ

असार २४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का दुई निर्णय : वन नियमावली र क्षतिपूर्ति निर्देशिका प्रक्रियामा

असार २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीविरुद्ध प्रहरीको अपरेशन, साढे ४ लाखका सामान नियन्त्रणमा

असार २४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    403 shares
    Share 161 Tweet 101
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    403 shares
    Share 161 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    355 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.